Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ बैसाख २० गते, बिहान ८:४५ बजे
दार्चुला - DCL

महाकाली नदीमा काठेपुल तर्नेक्रममा एक महिला बेपत्ता

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

लोकेन्द्र जोशी/वैशाख २० दार्चुला। दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर २ मा मंगलबार बेलुकि महाकाली नदी तर्नेक्रममा एक महिला बगेर बेपत्ता हुनुभएको छ । 

बेपत्ता हुनेमा ब्यास २ दुम्लीङ घरभएका ३५ बर्षिया सकुन्तला देबी भन्डारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मंगलबार बेलुकि दुम्लीङमा महाकाली नदीमाथी लगाइएको काठेपुल तर्ने क्रममा चिप्लीएर भन्डारी बेपत्ता हुनुभएको हो । बेपत्ता भन्डारीको स्थानिय र प्रहरीद्धारा खोजि भइरहेको र अहिलेसम्म पत्ता नलागेको प्रहरीले जनाएको छ ।