२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगरमाथा आरोही अभिनन्दित

२०७५, ३० श्रावण बुधबार ०९:२८

साउन ३०, काठमाडौँ | पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले तीन जना सगरमाथा आरोही महिलालाई अभिनन्दन गरेको छ । 

प्रतिष्ठानले आज यहाँ आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ती आरोही महिलालाई अभिनन्दन गर्नुभयो । पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २५ औँ वर्षगाँठको अवसर पारेर खुम्बु पासाङ ल्हामु गाउँपालिका निवासी लाक्पा याङ्दी शेर्पा, पासाङ ल्हामु शेर्पा र याङ्दी शेर्पाले गत जेठ २ गते पासाङ ल्हामु र जननेता मदन भण्डारीको तस्वीरसहित सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । 


सो अवसरमा मन्त्री बाँस्कोटाले राष्ट्रिय विभूति पासाङ ल्हामु र जननेता मदन भण्डारीको तस्वीर लिएर सगरमाथाको सफल आरोहण गरेकामा बधाई दिँदै आरोही टोलीलाई सरकारको तर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले भन्नुभयो, “नेपालको इतिहासमा नेपाली समस्त नारीहरुको तर्फबाट साहसिक यात्रा गर्नुहुने र यात्राकै शिलशिलामा आफ्नो जीवन समाप्त पार्नुहुने पासाङ ल्हामु शेर्पा र नेपालको लोकतान्त्रिक, राष्ट्रवादी र सामाजिक न्यायपूर्ण आन्दोलनको धरोहरका रुपमा रहनुभएका जननेता मदन भण्डारीको भूमिका, योगदान र पथप्रदर्शनलाई समेत स्मरण गर्ने, जीवन्त राख्ने र भावी पुस्ताले पनि त्यस वीरतापूर्ण इतिहासबाट केही सिकोस् भन्ने सन्देश दिन विश्वको सबैभन्दा अग्लो ठाउँबाट दिनुभएको सन्देश आफँैमा अर्थपूर्ण र महत्वपूर्ण छ ।” 

बेग्लै मानक स्थापित गर्ने उद्देश्यले पासाङ ल्हामु र जननेता भण्डारीलाई सम्झेर उहाँहरुको तस्वीरसहित सगरमाथा आरोहण गर्नु बेग्लै चेतना र सन्देश भएको उहाँको भनाइ थियो । 

प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री कृपाशूर शेर्पाले संविधानले कुनै पनि नेपाली नागरिकलाई जुनसुकै स्थानमा आवातजावतमा रोक नलगाइने व्यवस्था गरेको भए पनि सगरमाथा आरोहणमा नेपालीलाई सलामी लगाइनु संविधानको मर्म विपरीत भएको विचार व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस