२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देशकै तेस्रो केबुलकारको परीक्षण सफल

२०७५, ९ आश्विन मंगलवार १६:३४

असोज ९, चरिकोट (रासस) | दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ । 

मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको हो । दोलखाली उद्योगीको लगानी रहेको केबुलकारमा चार वटा गोण्डला रहने र प्रत्येकमा १० जना बस्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ । 

पहिलो चरणमा १५ देखि २० दिनसम्म परीक्षण गर्नुपर्ने भएकाले तीन दिनदेखि गोण्डला राखेर इञ्जिनियरिङ परीक्षण भइरहेको छ । धार्मिक पर्यटकीय क्षेत्र कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म ९०० मिटर लामो दूरीको केबुलकार निर्माण गरिएको हो । 

दशैँअघि देखि नै व्यावसायिक सञ्चालनमा आउने तयारीका साथ केबुलकार निर्माणको काम गरिरहेको भए तापनि स्विटजरल्याण्डबाट प्राविधिक आइनपुगेका कारण केही ढिला हुन गएको कालीञ्चोक दर्शन प्रालिका कार्यकारी निर्देशक बालकृष्ण शिवाकोटीले जानकारी दिनुभयो । 

दशैँलगत्तै स्विटजरल्याण्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इञ्जिनियर आइपुग्ने र केही दिनको परीक्षणपश्चात् मङ्सिरबाट मात्र पूर्णरुपमा सञ्चालनमा आउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताउनुभयो । 

रु २६ करोडमा केबुलकार निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण शुरु गरेको कम्पनीको लागत बढेर रु ४० करोड पुगेको कम्पनीले जनाएको छ । शुरुमा २६ करोडमा निर्माण गर्ने भनिए तापनि निर्माण अवधि बढेको र सामानमा मूल्य वृद्धि हुनाका साथै नयाँ नियम नबनेको भन्दै सरकारले भन्सार छुट नगर्दा लागत बढेको कम्पनीका निर्देशक बालकृष्ण शिवाकोटीले बताउनुभयो । 

कालीञ्चोकको कुरीदेखि मन्दिरसम्म पुग्नका लागि एक किलोमिटरको उकालो हिँड्नुपर्ने भएका कारण कतिपय धार्मिक पर्यटक त्यही उकालो हिँड्न नसकी बीच बाटैबाट फर्कने गरेका छन् । केबुलकार निर्माण भएसँगै पाँच मिनेटको पैदलमा कालीञ्चोक मन्दिरको दर्शन गर्न सकिन्छ । 

कालीञ्चोकको कुरी बजारसम्म सडकको पहुँच पुगेको र केबुलकार निर्माण भएसँगै करोडाँैको लगानीमा होटलसमेत सञ्चालनमा आएको छ । मङ्सिरदेखि फागुनसम्म हिमपात हुने कालीञ्चोक क्षेत्रमा केबुलकार निर्माण भएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरेको छ । केबुलकारबाट कुरी बजार, गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खला लगायतका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह