Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ भदौ १३ गते, दिउँसो १:४९ बजे
धादिङ्ग - DHG

धादिङको गजुरीमा दुर्घटना हुँदा एकको मृत्यु, एक बेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १३, धादिङ | काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक मङ्गलबार राति गजुरी गाउँपालिका वडा नं ६ अन्तर्गत त्रिशूली नदी खस्दा एक जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । 

नदीमा परेर हराइरहेका गजुरी गाउँपालिका वडा नं ६ का २१ वर्षीय रामकृष्ण भुजेलको खोजी भइरहेको भने बाइस वर्षीय केशर पुलामी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । 

दुर्घटनामा अन्य तीन घाइते भएकाले उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा पठाइएको छ । नदी ठूलो भएको र पानी परिरहेकाले उद्धारमा समस्या परेको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले उद्धारको कार्य भइरहेको छ ।