2026-09-30 03:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खरी सेवा समाज (धादिङ) को प्रथम फुटसल प्रतियोगिता सम्पन्न, भदुवार फुटबल क्लब च्याम्पियन

काठमाडौँ । खरी सेवा समाज (धादिङ) द्वारा आयोजित प्रथम फुटसल प्रतियोगिता–२०८३ भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। कुल १२ टिमको उत्साहजनक सहभागिता रहेको प्रतियोगितामा भदुवार फुटबल क्लब ‘समुह बि’ च्याम्पियन बनेको छ ।

प्रतियोगिताको फाइनल खेल निकै रोचक र प्रतिस्पर्धात्मक बनेको थियो । भदुवार फुटबल क्लब (समूह-बि) र सहारा फुटबल क्लब (समूह-बि) बीच भएको उक्त खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि खेलको निर्णयका लागि पेनाल्टी सुटआउटमा पुग्दा भदुवार फुटबल क्लबले सहारा फुटबल क्लबलाई पराजित गरी उपाधि आफ्नो नाममा गर्न सफल भयो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने भदुवार फुटबल क्लबले रु १५ हजार नगदसहित ट्रफी प्राप्त गरेको छ भने द्वितीय हुने सहारा फुटबल क्लबले रु १० हजार नगदसहित ट्रफी हात पारेको छ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष सम्मान गरिएको छ। बेस्ट प्लेयर, बेस्ट किपर तथा कान्छा खेलाडीलाई मेडलसहित नगद पुरस्कार प्रदान गरिएको छ। साथै, खेल आयोजना गर्न सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मानपत्रसहित विशेष सम्मान गरिएको थियो।

प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, आयोजक समिति, सहयोगी संस्था तथा प्रायोजकहरूप्रति खरी सेवा समाजका अध्यक्ष भरत अधिकारीले हार्दिक धन्यवाद व्यक्त गरे । खेलको उद्घाटन ससस्त्र प्रहरी बलका एसएसपी राजेन्द्र खड्काले गरेका थिए ।

रोमाञ्चक प्रतियोगितामा ज्वालामुखी गाउँपालिका-५ (खरी) बाट काठमाडौँमा रहेका खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले खेलाडीहरूलाई निरन्तर हौसला प्रदान गरेका थिए। प्रतियोगिताले गाउँ–समाजमा खेलकुदप्रति रुचि बढाउनुका साथै आपसी एकता, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने