२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुम्बिनी बौद्ध विश्वविद्यालयको विकासमा जोड

२०७५, १४ आश्विन आईतवार ०१:२१

असोज १४, काठमाडौँ | बौद्धविद्वानले नेपालको एक मात्र लुम्बिनी बौद्ध विश्वविद्यालयको विकासका लागि सरकारले विशेष ध्यान जानुपर्नेमा जोड दिनुभएको छ । 

लुम्बिनी बौद्ध विश्वविद्यालय तथा नेपाल परम्परागत बौद्धधर्म सङ्घले शनिबार ललितपुरमा आयोजना गरेको ‘लुम्बिनी बौद्ध विश्वविद्यालय विगत र वर्तमान’ विषयक प्रवचन गोष्ठीमा उनीहरुले लुम्बिनी बौद्ध विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्दा बौद्ध धर्ममा विशेष ज्ञान भएका बौद्ध विद्वानलाई प्राथमिकता दिइनुपर्ने माग गर्नुभयो । 

विगतमा दुई जना उपकुलपतिको नेतृत्व रहँदा एउटा सामान्य भवन रु एक करोडको बजेटमा मात्र सीमित रहेको, पाँच जना शिक्षक सहायकले विश्वविद्यालय सञ्चालन गरिरहेको पाइएको, दुई बिगाहा तीन कट्ठा जग्गामा सीमित रहेको जानकारी दिइयो । 

बितेको चार वर्षमा विश्वविद्यालयले उपकुलपतिको निवास, पुरुष तथा महिला छात्रावास भवनसहित थप आठ वटा भवन निर्माण कार्य सम्पन्न गरेको, विगतमा रु एक करोडको बजेट रहेको विश्वविद्यालयलाई बढाउँदै हाल रु १३ करोड पुर्याइएको, ३६ वटा प्राज्ञिक उपाधि स्थापना गरेको, थेरवाद, महायान तथा बज्रयान बौद्ध धर्मको प्राज्ञिक गुरुयोजना तयार पारेको जानकारी दिइयो । 

कार्यक्रममा प्रकाण्ड बौद्ध विद्वान उत्पादन गरी नेपालको लुम्बिनी, खास्ती, स्वयम्भू, नमोबुद्ध आदि विषयमा विद्वान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गरेको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले जानकारी दिनुभयो । 

उहाँले हाल विश्वविद्यालयभित्र १२ वटा विभाग स्थापना गरी पाली, संस्कृत, तिब्बत भाषामा अध्ययन गर्ने सुविधा प्रदान गर्नुका साथै निकत भविष्यमा चिनियाँ भाषामा पनि बौद्ध धर्म अध्ययन गर्ने अवसर प्रदान गर्ने बताउनुभयो । 

यस विश्वविद्यालयमा हाल तीन जना प्राध्यापक तथा छ जना उपप्राध्यापकको व्यवस्था गरेको तथा कूल ७३६ जना विद्यार्थी अध्ययनरत रहेकामा २६९ जना उत्तीर्ण गरेको जानकारी दिइयो । 

अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कौदिन्यले लुम्बिनी बौद्ध विश्वविद्यालयमा चुनौती र अवसर दुवै रहेको बताउनुभयो । 

उहाँले यो विश्वविद्यालयको समुचित विकासका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताउँदै बुद्धधर्मलाई अनुसन्धान गर्ने विद्यार्थीलाई पढ्ने अवसरका लागि पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिनुभयो । 

बौद्ध विद्वान आचार्य जिग्दोल लामाले मानव जीवनमा सुखी जीवन जीउन बुद्ध दर्शनको अध्ययन आवश्यक भएको बताउँदै बुद्ध दर्शनले देश, समाज तथा परिवारमा खुशी ल्याउने बताउनुभयो । 

बौद्ध विद्वान डा बज्रराज शाक्यले बुद्धधर्म सबैको हित गर्ने सिद्धान्त हो र कुनै पनि प्राणीको दुःखबाट मुक्तिका लागि बुद्धधर्म आवश्यक छ भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल