Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ असोज १७ गते, बिहान ६:४० बजे
समाज

सुर्खेतमा बसबाट खसेर एकको मृत्यु

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १७, सुर्खेत | चलिरहेको बसबाट खसेका ५० वर्षीय पदम बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ । बस्नेत भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत निवासी हुनुहुन्छ । 

सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७०२४ नं को बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेको र सोही दिशाबाट आएको लु १ ख ४६०२ नं को ट्रकले उछिन्ने क्रममा उहाँ ढोकाबाट खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । 

चौधरीका अनुसार बसको ढोकाबाट खसेका बस्नेतको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको उहाँले बताउनुभयो । 

शव परीक्षणका लागि क्षेत्रीय अस्पतालमा राखिएको छ । बस तथा ट्रक चालक दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।