Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ मंसिर ०५ गते, बिहान ४:५१ बजे
समाज

भरुवा बन्दुकसहित एक जना पक्राउ

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ५, सुर्खेत । प्रहरीले भरुवा बन्दुकसहित मङ्गलबार एक जनालाई पक्राउ गरेको छ। 

बड्डीचौर प्रहरी चौकीको टोलीले बराहताल गाउँपालिका–५ का ४२ वर्षीय कुलबहादुर पुलामीलाई पक्राउ गरेको हो। 

बारीमा लुकाएर राखेको काठ र फलामबाट बनेको भरुवा बन्दुक एक थानका साथै त्यसमा लाग्ने बारुदसमेत बरामद गरेको प्रहरी नायब निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। 

पुलामीलाई हातहतियार खरखजना मुद्दाअन्तर्गत कारवाही गरिने उनले बताए।