Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ मंसिर १० गते, बिहान ५:१३ बजे
धादिङ्ग - DHG

धादिङमा आइचर दुर्घटना: चालकको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १०, धादिङ | धादिङको थाक्रे गाउँपालिका–११ मान्खुमा आइतबार राति आइचर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  

गोगनपानीमा सामान पुर्याएर फर्कदै गर्दा मान्खुमा बा ३ ख ७९४९ को आइचर कच्ची ग्रामीण सडकमा पल्टिएर माख्नु निवासी २५ वर्षीय साजन सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । 

गाडीमा तीन जना सवार रहेकामा अन्य दुई जना घाइते भएकाले उनीको उपचार काठमाडौँको ट्रमा सेन्टरमा भइरहेको छ । रासस