पढ्न करिब 1 मिनेट लाग्छ
सन्तोषकुमार गुप्ता/मङ्सिर १२, दाङ । थरुहट थारुवान सङ्घर्ष समितिले गत मंसिर ५ गते देखी गरेको चितवन देखि कञ्चनपुर सम्मका जिल्लामा अनिश्चितकालीन आमहड्तालको कुनै प्रभाव शुक्रबार देउखुरीमा परेको छैन ।
यहाँका प्रमुख बजार लमही , भालुबाङ्, गढवा, सिसहानयाँ, पूर्ण रुपमा खुल्ला भएका छन् भने आज देखी छोटा दुरीका लमही–भालुवाङ, लमही गढवा, लमही रिहार र लमही घोराहीमा सवारीका साधन सन्चालनमा आएका छन् ।
यसै गरी लामो दुरीका सवारी साधन पनि निर्वाध रुपमा सन्चालनमा आईरहेका छन् । त्यसै गरी कलकारखाना ,उद्योग धन्दा, कार्यालय, सङ्घ सस्था पनि खुल्ला भएको छ ।
थारु बाहुल क्षेत्रलाई समेटेर छुट्टै प्रदेशको घोषणा गरिनु पर्ने माग राख्दै साउन २५ गते देखी आन्दोलनमा उत्रिएको भए पनि अहिलेको आन्दोलनमा थारु नेताहरु बीच नै बिबाद भए पछि थरुहट आन्दोलन खासै प्रभावकारी हुन सकेको छैन् ।

