Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर २० गते, बिहान ६:०८ बजे
समाज

फाप्लु विमानस्थलमा मालबाहक गाडी प्रवेश नगराउन प्रजिअ कृष्ण प्रसाद शर्माको निर्देशन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर
२०, सोलुखुम्बु /
सोलुखुम्बुको सदरमुकाम नजिकै रहेको फाप्लु विमानस्थलमा मालबाहक गाडी प्रवेशमा
रोक लगाउन प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले निर्देशन दिनु भएको छ ।

ट्रयाक्टर तथा मालवाहक ट्रक विमानस्थलमा प्रवेश गर्दा हवाई उडानमा समस्या भएको भन्दै
प्रमुख जिल्ला अधिकारी शर्माले विमानस्थल सुरक्षा गार्डका प्रहरी तथा नागरिक उडड्यान प्राधिकरण
फाप्लुलाई यस्तो निर्देशन दिनु भएको हो ।

विमानस्थलमा अबदेखि
कुनै प्रकारका गाडी तथा सवारी साधन प्रवेश नगराइने नागरिक उडड्यान प्रधिकरण फाप्लुले जनाएको छ

फाप्लु विमानस्थल कालोपत्रे भएपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रमा खाद्यान्न सामग्री कार्गो गर्दा
सस्तो हुने भएपछि चौरीखर्क, नाम्चे र खुम्जुङ गाविसका बासिन्दाले फाप्लुु विमानस्थलबाट तेन्जिङ हिलारी
विमानस्थल लुक्लामा खाद्यान्न सामग्री कार्गो गर्दै आएका छन् ।

खुम्बुक्षेत्रमा सामान ढुवानी गर्ने मुख्य माध्यम जहाज भएकोले खुम्बु क्षेत्रमा खाद्यान्न
सामग्री कार्गो गर्नका लागि मालवाहक गाडीले विमानस्थल प्रवेश गर्दै आएका थिए ।