पुस २०, काठमाडौं । चर्चित पत्रकार तथा सञ्चारकर्मी रवि लामिछानेले आफ्नो पत्नीसँग डिभोर्स गरेका छन्। लामिछानेले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका हुन् । ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेका हुन् ।
रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ ।
रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी छन् । रविले श्रीमतीसँग डिभोर्सको कारण भने खुलाउन चाहेका छैनन् ।
तर, अमेरिकामा बस्ने श्रीमतीसँग लामो समयदेखि आफ्नो सम्बन्ध बिग्रेको भन्दै रविले यहीबीचमा एक विदेशी महिलासँग सम्वन्धमा रहेर एक सन्तानसमेत जन्माएको स्वीकार गरेका छन् ।
रविले ईशासँग डिभोर्स गर्दा आफ्नो सबै सम्पत्ति सुम्पेको दाबी गरेका छन् ।
अब वर्षौंको एक्लो जीवन र असफल सम्वन्धहरुबाट पाठ सिक्दै अघि बढ्न चाहेको उनले उल्लेख गरेका छन् ।
रविकी पूर्वपत्नी ईशाले भने चलचित्र विकास बोर्डमा कार्यरत एक डिभोर्सी महिलासँग लागेर रविले आफूलाई जबरजस्ती डिभोर्स दिएको गुनासो गरेकी छन् ।
हेर्नुस रविको फेसबुक स्टाटस
यस बिषयमा तपाइको प्रतिक्रिया...!