बैशाख १७, बझाङ । बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा देखिएको छ । तलकोटको १, २ र ३ वडा सम्मको मतगणना हुँदा कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी १० मतले अगाडि बढेका थिए । अहिले ४ र ५ वडाको पनि मतगणना सकिएको छ ।
एमालेका भण्डारीले १० हजार ४११ मत ल्याउँदा कांग्रेसका सिंहले १० हजार ३९१ मत पाएका छन् । यी दुई वडाको गणना हुनुअघि भण्डारीको ९ हजार ८८९ मत र सिंहको ९ हजार ८८० मत रहेको थियो ।
५ नम्बर वडामा एमालेले २५९ मत पाउदा कांग्रेसले २४४ मत पाएको छ भने ४ नम्बर वडामा एमालेले २१५ मत पाउँदा कांग्रेसले २३० मत पाएको छ ।
अहिले तलकोटको ६ र ७ वडाको मतगणना जारी छ ।