माघ ११, काठमाडौ । चिकित्सा शिक्षा विधेयक संसदबाट बहुमतले पारित भएपछि अनसनरत डा. गोविन्द केसीले सरकारले ३ करोड जनतालाई धोका दिएको बताएका छन् ।
अनसनस्थल पुगेका संचारकर्मीसंग कुरा गर्दै उहांले ३ करोड नेपाली जनातामाथि धोका भएको छ मेरो अनसन रोकिदैन भन्नुभयो । उहांले सरकारले पास गरेको बिद्येयक फिर्ता नलिए आफुले कुनै हालतमा पनि अनसन नछाड्ने अडान लिनु भएको छ ।
डा. केसीको अनसन शुक्रबार १७ औं दिनमा प्रवेश गरेको छ । यस अघि उहां १६ पटक सोही मागलाई लिएर अनसन बस्दै आउनु भएको थियो ।