Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ फाल्गुण ०३ गते, बिहान १०:३० बजे
दाङ्ग - DNG

दाङमा महिलालाई बलात्कार गरेको अभियोगमा एक प्रहरी हवल्दार पक्राउ

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ३, दाङ । दाङमा एक महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरी हवल्दार पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय फूलबारीमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

बिहीबार राति स्थानीय एक महिलालाई करणी गरेको अभियोगमा चन्दलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार पीडित महिलाको मेडिकल जाँच गर्ने, जाहेरी लिने काम भैरहेको छ । 

आफू प्रहरी भएको बताउँदै ढोका खोल्न लगाएर मुख थुनेर ती महिलालाई बलात्कार गरेका दाबी पीडितको छ । चन्दको स्थायी घर कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ हो ।