Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ जेठ ०४ गते, बिहान ८:१६ बजे
बैतडी - BTD

बैतडीको पाटन नगरपालिका १० को वडा कार्यालय नजिक शव फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कृष्ण बिष्ट | जेठ ४, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं १० बन्तडका परमानन्द भट्ट मृत भेटिएका छन् ।

वडा नं १० को वडा कार्यालय नजिक आज बिहान ७६ वर्षीय भट्ट शव फोला भटिएका हृुन । वडा कार्यालाय नजिक हतास  सडकमा उनको शव भेटेपछि सथानियले प्रहरीलाई खबर गरेका थिए । 

सडक नजिकै सुतिरहेको अवस्थामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख गिन्द्र बोगटीले जानकारी दिनुभयो । 

मृतक भट्टको नजिकै सेल्फास जातको बिष पनि फेला परेकाले बिष सेवन गरेर आत्माहत्या गरेको हुन सक्ने अनुमान गरिएको वडा नं १० का वडा अध्यक्ष देवेन्द्र कुवँरले जानकारी दिनुभयो ।