Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ असार ०३ गते, अपराह्न ३:३४ बजे
समाज

पक्राउ परेका विद्यार्थी नेता छाड्न माग

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ३, सुर्खेत | अनेरास्ववियुले सुर्खेतमा आज प्रहरी प्रशासनले  आफ्ना विद्यार्थी नेता पक्राउ गरेको भन्दै रिहाइको माग गरेको छ । 

अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आज निकाल्नु भएको विज्ञप्तिमा सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको नवौँ वार्षिकोत्सवमा आज प्रहरी र विद्यार्थीबीच भएको झपडमा आफ्ना ११ जना विद्यार्थी नेतालाई पक्राउ गरेको जनाइएको छ । 

“विश्वविद्यालयको वार्षिकउत्सवमा काठमाडौँको निजी कलेजको टिसर्ट वितरण गरिएको थियो”,अनेरास्ववियुका संयोजक महरले भन्नुभयो, “सोही विषयलाई लिएर आज विद्यार्थी आन्दोलित रहेका थिए तर प्रशासनले एकाएक प्रहरी बोलाएर विद्यार्थीलाई पक्राउ गरायो ।”

विद्यार्थीका मागलाई वार्ता र छलफलद्वारा समाधान गर्नुको सट्टा प्रहरी प्रशासन बोलाएर विद्यार्थीमाथि धरपकड र गिरफ्तार गर्नु निन्दनीय भएको विज्ञप्तिमा जनाइएको छ । संयोजक महरका अनुसार प्रहरीले अम्मरराज शाही, धुपेन्द्र शाही, तिर्सना हमाल, नवीन योगी, गणेश शाही, राजन केसी, महेन्द्रकुमार थापा, ममता अधिकारी, सरोज न्यौपाने, वसन्त बस्नेत र न्यूटल वलीलाई पक्राउ गरेको थियो ।