२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

खाजाले चेपाङ बालबालिका विद्यालय नियमित

८ कार्तिक २०७६, शुक्रबार १३:२८

कात्तिक ८, चितवन | चितवनको इच्छाकामना गाउँपालिका– ६ मा रहेको देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयको अवस्था हिजो आज बदलिएको छ । कक्षा १ देखि ५ सम्म पढाइ हुने यस विद्यालयमा बालबालिका भरिभराउ हुन्छन् । यहाँ दैनिक ८० देखि १०० सम्म विद्यार्थी विद्यालय आउने गर्छन् । 

गत वर्ष ३५ देखि ४० जनाको हाराहारीमा विद्यार्थी नियमित आउने गरेकामा गत असारदेखि भने नियमित आउने विद्यार्थीको सङ्ख्या बढेको हो । विद्यालयमा खाजाको व्यवस्था भएपछि विद्यार्थी नियमित आउने गरेको विद्यालयका प्रधानाध्यापक ज्ञानु पाण्डेले बताउनुभयो ।उहाँलाई मध्यान्तरमा शिक्षकहरुले खाजा खाँदा बालबालिका भने झ्यालबाट टुलुटुलु हेरेको दृश्य दुःखलाग्दो क्षण बन्थ्यो तर शिक्षकहरुले दैनिक बालबालिकालाई खाजा खुवाउन सक्ने स्थिति पनि थिएन ।

दुई घण्टासम्म हिँडेर विद्यालय आउनुपर्ने तर दिनभर खाजा खान नपाउँदा चेपाङ बालबालिकाहरु अध्ययनरत यस विद्यालयमा विद्यार्थी नियमित हुन सकेका थिएनन् । प्रधानाध्यापक पाण्डेलाई विद्यार्थीलाई कसरी नियमित गराउने भन्नेमा चिन्ताले सताउँथ्यो । उहाँले विद्यालयको दयनीय अवस्थाबारे सँगै क्याम्पस पढेका साथी कृष्ण ठकुरीलाई बताउनुभयो ।

भरतपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत  प्रहरी नायब निरीक्षक ठकुरीले विद्यालयको अवस्थाबारे अनुगमन गरेपछि चिनजान भएको नारायणगढस्थित लायन्स क्लब अफ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेलाई त्यस विषयमा जानकारी गराउनुभयो । त्यसपछि सहयोग जुट्ने क्रम शुरु भयो ।

अध्यक्ष चुके, रोट्र्याक्ट क्लब अफ भरतपुर, नारायणी मोटर्स नारायणगढ तथा अन्य संस्थाहरुको आर्थिक सहयोगमा विद्यार्थीलाई एक वर्षका लागि खाजाको व्यवस्था गर्ने चाँजोपाँजो मिलाइयो । गत असारदेखि खाजाको व्यवस्था गरिएकाले बालबालिका नियमित विद्यालय आउन थाले । खाजा कार्यक्रम घोषणासँगै उनीहरुले शैक्षिक सामग्री पनि उपलब्ध गराएका थिए ।यस शैक्षिकसत्रमा विद्यालयमा १२० बालबालिका भर्ना भएका छन् । घरदेखि विद्यालयको दूरी टाढा हुनु र गरीबीका कारण चेपाङ बालबालिका नियमित विद्यालय आउन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर चेपाङले बताउनुभयो ।

 यहाँका चेपाङ समुदायलाई बिहान–बेलुका छाक टार्नै मुस्किल भएकाले  खाजाको व्यवस्था गर्न नसक्दा बालबालिका विद्यालयमा नियमित हुन नसकेको उहाँको भनाइ थियो ।  चितवनको एक मात्र उक्त गाउँपालिका भौगोलिक दृष्टिकोणले विकट भएकाले यहाँका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई टिकाउनै मुस्किल पथ्र्यो । सरकारले ल्याएको दिवा खाजा कार्यक्रमले निरन्तरता नपाउँदा विद्यार्थी स्कूल जान पनि छाडेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो