पुस १८, काठमाडौँ | चितवनका एसपी दानबहादुर मल्लले चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका छन् | ३ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार एसपी मल्लले जिल्लाका डिएसपीलाई चार्ज बुझाएका हुन् |
प्रहरी प्रधान कार्यालयले पुस ४ गते उनको सरूवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा गरेको थियो | भने सरुवा भएको दुई हप्तासम्म जिल्ला नछाडेपछि मल्लको चर्को आलोचना भएको थियो |
सरुवा भएको झन्डै दुई हप्तासम्म जिल्ला नछोडेपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले मल्लका नाममा बुधबार राति ११ बजे जिल्ला छोड्न १२ घन्टे निर्देशन दिए थियो | उनको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको हो |
यस बिषयमा तपाइको प्रतिक्रिया...!