२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको तयारी, व्यवसायीको असहमति

२०७७, ३ असार बुधबार १५:१०

असार ३, काठमाण्डौ | आधा यात्रू राखेर भएपनि सार्वजनिक यातायात खुलाउने सरकारको तयारी रहँदा यातायात व्यवसायीहरुले भने असहमति जनाएका छन् । व्यवसायीहरुले अनुदान र चालक तथा यात्रुको स्वास्थ्य सुरक्षाको व्यवस्था हुनुपर्ने माग राखेका छन् । 

सार्वजनिक यातायात सञ्चालनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र मजदुरबीच छलफल चलिरहेको जनाएको छ । 

सरकारले सार्वजनिक सवारी साधानको सिट क्षमताको आधा सङ्ख्या यात्रु राखेर सावधानी सहित गाडीमा बस्ने सबैले स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्ने लगायतका प्रस्ताव गरेको छ । 

सरकारले यातायात व्यवसायी र मजदुरलाई मर्का नपर्ने गरि भाडा बढाएर भएपनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको छ । तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सामाजिक दुरी कायम गर्न बसमा आधा मान्छे लिएर गुडेपछि आफूहरूको खर्चसमेत नउठ्ने, भाडा मात्र वृद्धि गरेर नहुने, अनुदान र चालक तथा यात्रुको स्वास्थ्य सुरक्षाको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

यातायात व्यवसायीहरुले आफ्नो माग सम्बोधन भए सरकारले भनेकै मितिबाट गाडी चलाउने बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय