2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रचण्ड’ सरकारलाई विश्वासको मत लिन कठिन हुन्छ: कांग्रेस

पुस १२, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई विश्वासको मत लिन कठिन हुने दाबी गरेका छन् । कांग्रेसजस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री प्रचण्डले ७ वटा राजनीतिक पार्टीहरूलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उनको तर्क थियो ।

मंगलवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिनभित्र विश्वास मत लियो भने प्रचण्ड नेतृत्वको सरकार २ वर्षसम्म चल्ने अनुमानसमेत गरे । संघीयता नै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आउ भन्ने राप्रपालगायतका राजनीतिक दलहरू रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने पनि उनले बताए । 


‘सिट संख्याले अहिले त १६९ पुगेको छ । तर त्यो १६९ को आधारहरू हेर्ने हो भने सात वटा दल छन् । ७ वटा दलको दाबी त बाहिर आएकै छैन । त्यो दाबी सुन्न पाएकै छैनौँ । भर्खरै सुने, राष्ट्रिय प्रजातन्त्र पार्टीले हाम्रा पनि केही शर्तहरू छन् । ती शर्त पूरा हुने लक्षण देखिएमात्रै सरकारमा जान्छौँ । उहाँहरूको राजा आऊ, देश बचाऊ होला । यसैगरी फेरि राष्ट्रिय स्वतन्त्र पार्टी त सरकारमा गइहाल्यो । अब उहाँहरूले प्रदेशमा उम्मेदवारी उठाउनु भएको छैन । किनभने उहाँहरूलाई प्रदेश सरकारप्रति विश्वास छैन । संघीयताप्रति भरोसा नै छैन । यत्रो ८/९ सय सांसद कहाँ पाल्न सकिन्छ ? भन्ने चिन्ताले मैले त्यतातिर उम्मेदवारी नदिएको रवि लामिछानेले भन्नु भएको छ । यसको अर्थ उहाँलाई संघीयताप्रति विश्वास छैन’, नेता विश्वकर्माले भने, ‘राप्रपालाई गणतन्त्रप्रति विश्वास छैन । अनि अरु दलहरूपनि त्यस्तै त्यस्तै क्षेत्रीय दलहरू छन् । अब ती सबै दलहरूलाई मिलाएर लिएर जानलाई यसको जिम्मेवारी त फेरि पनि प्रचण्डजीमै जान्छ । प्रचण्डजीले आफूलाई केन्द्रमा राखेर कांग्रेस जस्तो लचिलो पार्टी त मिलाउन सक्नु भएन भने यी सबै दलहरू कसरी मिल्लान ? र, मिलेनन् भने हामीले चाहेको राजनीतिक स्थायित्व आउँछ कि आउँदैन ?'

नेता विश्वकर्माले प्रचण्डमा समस्या रहेको पनि बताए । 

‘हिजो त आकस्मिक रुपले गठबन्धन तोड्नु थियो, तोडियो । त्यसमा प्रचण्डजीको महत्वकांक्षालाई सबैले साथ दिएकै हो । आइहाल्यो गरिदिऊ भन्ने कुरा हो । ओलीजीलाई पनि गज्जब भो । जो मान्छे भाँडभैलो मच्चाएर बालकोटबाट निस्केको थियो । त्यो मान्छे खात्र्याकखुत्रुक परेर शरण परेपछि म भए पनि त्यही गर्थे । उहाँले त्यही गर्नु भयो । तर, प्रचण्डजीको बारेमा भने समस्या हुन्छ’, उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते