By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    7 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    10 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    10 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    11 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    14 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बढ्दो विपद्जन्य कहर : अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति, आज र भोलिको मौसम कस्तो रहनेछ ? हेर्नुहोस
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बढ्दो विपद्जन्य कहर : अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति, आज र भोलिको मौसम कस्तो रहनेछ ? हेर्नुहोस
काठमाडौँ - KTMसमाज

बढ्दो विपद्जन्य कहर : अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति, आज र भोलिको मौसम कस्तो रहनेछ ? हेर्नुहोस

साझासवाल
Last updated: July 11, 2020 3:37 am
साझासवाल
6 Min Read
Share

नारायण ढुङ्गाना, असार २७, काठमाडौँ (रासस)  । कोभिड–१९ को जोखिम कायमै रहँदा मनसुनजन्य विपद्को कहरले मुलुकका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ । विपद् व्यवस्थापन विज्ञका अनुसार अपत्यारिलो स्थानमा पहिरोले अकल्पनीय क्षति पु¥याएको छ । मुख्यगरी पर्वत, बझाङ, पाल्पा, सिन्धुपाल्चोक, रुकुम, म्याग्दी, कास्की, जाजरकोटमा पहिरोका अपत्यारिलो घटना भयो । पर्वत, बझाङ, होस् या सिन्धुपाल्चोकका बाह्रबिसेमा खसेको पहिलो, त्यति धेरै क्षति हुन्छ भनेर आँकलन थिएन ।

सिन्धुपाल्चोक जिल्लालाई मध्यम जोखिमको क्षेत्रमा राखिए पनि ठूलो क्षति हुन पुग्यो । विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटाका अनुसार एकैठाउँमा धेरै पानी पर्दा नसोचेको क्षेत्रमा ठूलो क्षति भएको हो ।

मुलुकभर जेठ ३१ पछि शुक्रबारसम्म चट्याङबाहेकको ठूला घटनामा ४४ जनाले ज्यान गुमाएसकेका छन् भने ५४ जना बेपत्ता छन् । सबैभन्दा बढी मानवीय क्षति पहिरोले गराएको छ । मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा अकल्पनीय रुपमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाए । जङ्गलमाथिबाट भेलपहिरो खसेको थियो । असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरिँदा चार जनाले ज्यान गुमाए । बझाङमा असार २० गते त्यसैगरी पहिरो खस्दा छ जनाले ज्यान गुमाए । 

बिहीबार सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा भेलपहिरो र बाढीले ठूलो क्षति पु¥याएको छ । त्यहाँ दुई जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन् । शुक्रबार साँझसम्मको विवरण अनुसार म्याग्दी, लमजुङ, कास्की, जाजरकोटलगायत जिल्लामा गए राति आएको भारी वर्षासँगै पहिरो खस्दा २३ जनाले ज्यान गुमाएका छन् भने ३४ जना बेपत्ता छन् । कास्कीको सराङ्कोटमा त जन्मदिन मनाउने क्रममा नै पहिलो खसेर घर पुरेको छ ।

सिधुपाल्चोकको घटना होस्, या पर्वत र बझाङमा भएको सबै ठूला घटना भने भेल पहिरो रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । एकै ठाउँमा ठूलो पानी पर्दा निकास व्यवस्थापन नभएर अकल्पनीय रुपमा घटना घटेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल यसपालिको पहिरोका घटना अकल्पनीय रहेको बताउनुहुन्छ । नसोचेको घटनाले ठूलो क्षति पुगेको छ ।

मुलुकभर बिहीबारदेखि चार दिन लगातार भारी वर्षा भई विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुने मौसम पूर्वानुमान गरिएको पहिलो दिनमा नै विभिन्न स्थानमा जनधनको क्षति हुने गरी बाढी पहिरो गएको छ । तराईका क्षेत्रमा डुबान शुरु भएको छ भने मुलुकका ठूला नदीमा पानीको बहाब ह्वात्तै बढेको छ ।

प्रदेश नं १, २ वाग्मती प्रदेश र गण्डकी प्रदेशमा बढी जोखिम रहेको र अन्य प्रदेशमा पनि जोखिम रहेको जनाइएको छ । विशेष गरी तराई र चुरे क्षेत्रका मुख्य नदी तथा शाखा नदीमा सावधानी अपनाउन भनिएको छ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले यो चारदिन कष्ट सहेरै भए पनि नदी किनार क्षेत्रमा र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी अन्यत्र सुरक्षित ठाउँमा जान सर्वसाधारणलाई अपिल गर्नुहुन्छ । सार्वजनिक सूचना जारी गर्दा गर्दै पनि जनधनको ठूलो क्षति भएको छ । कतिपयले भने अटेर गरेकाले घटना भएको पाइएको छ ।

अहिले देशभर मनसुन सक्रिय भएसँगै भारी वर्षा हुँदा मुलुकका नदी ह्वात्तै बढेको छ । तराई क्षेत्र डुबान र पहाडी तथा मध्यपहाडी क्षेत्रमा बाढी र पहिरोका घटना देखिएको छ । अझै वर्षा जारी रहेको र जमिन गलिसकेकाले थप क्षति पु¥याउने अनुमान गरिएको छ । 

विगत २४ घण्टामा कास्कीस्थित वर्षा मापन केन्द्रमा धेरै वर्षा मापन गरिएको छ । त्यहाँ २५०.९ मिलिमिटर वर्षा भएको छ । अन्य दुई केन्द्रमा २०० मिलिमिटर वर्षा भएको छ । त्यस्तै दरबाङ स्टेशनमा १५०.६, खुदीमा १४९.४, स्याङ्जामा १४८.६, बर्दघाटमा १५०.८ र बेसीसहरमा १६९.४ मिलिमिटर अत्यधिक वर्षा भएको छ । 

सप्तकोशीमा बाढी बढेपछि भारतर्फका ३८ ढोका खोलिएका छन् । कोशी सतर्कता तहतर्फ अघि बढेको छ । सातमिटर खतराको तह रहेको कोशीको जलसतह शुक्रबार दिउँसो ६.२३ मिटरमाथि पुगेको छ । मध्य क्षेत्रमा रहेको नारायणी नदीको बहावले सतर्कताको तह पार गरेर खतरातर्फ अघि बढेको जनाइएको छ । देवघाटस्थित स्टेशनमा पनि सतर्कता तह पार गरेर ७.६८ मिटरमाथि बहाव भइरहेको छ ।

अबको तीन दिन कन्काई, कोशी, कमला, वाग्मती, नारायणी तथा प्रदेश १ र २ मा वाग्मती, गण्डकी र प्रदेश ५ भई बग्ने मुख्य र सहायक नदीमा उच्च बहाव हुने भएकाले तटीय क्षेत्र र समथल तथा तल्लो तहमा सतर्कता अपनाउन भनिएको छ । मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाले विभिन्न क्षेत्रमा हजारौँको एसएमएस पठाएर सतर्कता अपनाउन भनेको छ । 

आजको मौसम 

देशभर सामान्यदेखि पूर्णबदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानमा र  प्रदेश ५, सुदूरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । 

असार २८ को मौसम 

देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशमा हल्कादेखि केही स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । असार २९ गते पनि देशभर सामान्यदेखि पूर्णबदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जनाइएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article कतारबाट फर्किएका १४९ जना लाई कोरोनाको आशङ्का भएपछि क्वारेन्टिनमा लगियो
Next Article खोलाले बगाएर एकको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

मनोरञ्जनमुख्य समाचारसमाज

फेसबुकमा दीपकराज गिरी र निश्चल बस्नेत जुवारि

2 years ago
समाज

पशुपतिमा साथीसँग आरती हेर्न गएका गोविन्दको थापाथली पुलमुनि शव

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमै

57 years ago
काठमाडौँ - KTMराजनीति

प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाइ शुरु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?