2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग

साउन ३०, काठमाडौँ | पर्यटन व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग गरेका छन् । पर्यटन क्षेत्रका झण्डै दुई दर्जन छाता सङ्गठनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई भेटेर स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग गरेका हुन् । 

व्यवसायीले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा बाह्य हवाई उडान पुनः सञ्चालन गर्ने सरकारको यसअघिको निर्णयानुसार बिदामा बसेका कर्मचारीलाई कार्यालयमा बोलाएर पर्यटन उद्योग सञ्चालन गर्न तयारी रहे पनि उडान अनिश्चित बन्दा व्यवसायी थप मारमा परेका बताएका छन् । 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागार्इंले विदेशी पर्यटकलाई राज्यले अवलम्बन गरेको स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्न लगाएर सेवा विस्तार गर्नुपर्ने बताउनुभयो । “नेपाल भित्रिने स्वदेशी तथा विदेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै कक्ष स्थापना गरी त्यहीँबाट पिसिआर परीक्षणको व्यवस्था मिलाउनुपर्छ, जसले गर्दा राष्ट्रिय गरिमा समेत अभिवृद्धि गरी अन्तर्राष्ट्रियजगत्मा अत्यन्तै सकारात्मक सन्देश प्रवाह हुन्छ”, उहाँले भन्नुभयो । 

व्यवसायीले पर्यटन उद्योग र उड्डयन क्षेत्र, छिमेक मुलुकलगायत अन्तर्राष्ट्रियजगत्मा क्रमशः खुल्दै गएको भएता पनि नेपालमा खुला गर्न नसक्दा विश्व पर्यटन बजारमा नेपालको पर्यटन क्षेत्रका बारेमा नकारात्मक सन्देश जाने भन्दै स्वास्थ्य मापदण्ड अपनाएर खुला गर्नु आवश्यक रहेको बताएका छन् । कोभिड अनुकूलताका कार्ययोजना बनाएर पर्यटकीय गतिविधि सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीको माग छ । 

मुलुकमा पछिल्लो दुई महिनादेखि दैनिक सातदेखि १० चार्टड उडान सञ्चालन भए पनि उक्त उडानले राज्यको आर्थिक गतिविधिमा योगदान पुर्याउन नसकेको व्यवसायीको ठहर छ । 

भेटमा टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल एसोसिएसन नेपाल (हान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोटो), हिमालय उद्धार सङ्घ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ), टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान), कैलाश यात्रा सङ्घ, ठमेल पर्यटन विकास परिषद्लगायत झण्डै दुई दर्जन संस्थाको सहभागिता रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक