भदौ १२, काडमाडौं । नेपालका एक मात्र घोषित डलर अर्बपति तथा प्रतिनिधि सभाका सांसद विनोदकुमार चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चौधरी ग्रुपका अध्यक्ष समेत रहेका चौधरीलाई शुक्रबार बिहान कोरोना पोजेटिभ पुष्टी भएको उनी आफैले टुईटर मार्फत जानकारी गराएका हुन् ।
आफूलाई अहिलेसम्म कुनै लक्षण नदेखिएको पनि उनले जानकारी दिएका छन्। उनले आफूलाई संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बसिसकेको र आफ्नो सम्पर्कमा रहेका सबैजनाले संभव सबै सतर्कता अपनाउन आग्रह गर्दै सामाजिक सञ्जालमा जानकारी दिएका छन्।
चौधरी नेपाल उद्योग वाणिज्य महांसघका र नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हुन् । उनी हाल परिसंघका प्रेसिडेन्ट इमिरेट्स छन् ।
