2026-11-04 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनको मूल्य तोलाको २ लाख आसपास पुग्ने अनुमान!

माघ ६, काठमाडौँ | गत पुसको पहिलो साता सिंगापुरका केही विश्लेषकहरूले सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस चार हजार डलरसम्म पुग्ने अनुमान गरे। अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार नौ सय ३० डलरमा कारोबार भइरहेको छ। नेपालमा प्रतितोला एक लाख पाँच हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। 

सिंगापुरमा मुख्यालय रहेको स्विस एसिया क्यापिटलका प्रबन्ध निर्देशक तथा चिफ इन्भेस्टमेन्ट अफिसर यर्ग काइनरले सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस दुई हजार पाँच सयदेखि चार हजार डलरसम्म पुग्ने प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनबिसीले उल्लेख गरेको छ। 

सुनको तौल प्रतिऔंस बराबर ३१.१ ग्राम  हुन्छ। सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔंस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ। त्यस्तै प्रतितोला सुन ११.६६४ ग्राम बराबर हुन्छ।

अहिले डलरको बिनिमयदर एक सय ३० रूपैयाँ छ। 

काइनरको प्रक्षेपण अनुसार प्रतिऔंस सुनको मूल्य साँच्चिकै चार हजार डलरसम्म पुगेमा नेपालमा प्रतिऔंस सुनको करिब पाँच लाख २० हजार रूपैयाँ पर्न आउँछ। यस आधारमा प्रतिग्राम सुनको नेपालमा १६ हजार सात सय २० रूपैयाँ पर्नेछ भने एक तोला सुन (११.६६४ ग्राम) को एक लाख ९५ हजार रूपैयाँ पर्नेछ।

त्यस्तै हाल सुन आयात गर्दा प्रति दस ग्राम आठ हजार पाँच सय रूपैयाँ भन्सार कर लाग्ने गरेको छ। 

अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ। नेपाली बजारको मागले मूल्यमा खासै भूमिका खेल्दैन। नेपालमा रहेका सुनचाँदी व्यवसायी महासंघहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन्। 

काइनर सन् २०२३ मा १०/२० प्रतिशतको मात्रै वृद्धि नहुने दाबी गर्छन्। काइनरले दाबी गरेजस्तो सुनको मूल्य प्रतिऔंस ४ हजार डलर नै पुग्ने दाबी स्वीकार गर्न नसकिए पनि धेरैले सुनको मूल्यमा राम्रै वृद्धि देखिने विश्वास भने गरेका छन्। 

भारतीय सञ्चारमाध्यम बिजनेस टुडेले विज्ञहरूका अनुसार भन्दै त्यहाँ  प्रति दस ग्राम सुनको मूल्य ६२ हजार भारूसम्म पुग्ने समाचारमा उल्लेख गरेको छ। यही दरसम्म पुग्ने हो भने पनि नेपालमा प्रतितोला सुनको मूल्य कम्तीमा एक लाख १६ हजारको आसपासमा भने आउनेछ। 

मूलतः सन् २०२३ मा विश्वभर आर्थिक मन्दी आउनसक्ने सम्भावना बढेकाले तुलनात्मक रूपमा सुरक्षित र सर्वस्वीकार्य सम्पत्तिका रूपमा मानिने सुनको मूल्य बढ्ने अनुमान गरिएको हो। विश्वभरका केन्द्रीय बैंकहरूले नै सुनको खरिददारी बढाइरहेकाले पनि सन् २०२२ मै सूनको मूल्य उच्च दरमा वृद्धि भएको मानिएको छ। सन् २०२२ मार्चमा प्रतिऔंस सुनको मूल्य दुई हजार ७५ डलरसम्म पुगेको थियो। 

भारतको आइसिआइसिआई डाक्रेक्टको रिपोर्टले सन् २०२३ मा पनि केन्द्रीय बैंकहरूबाट सुनको खरिददारी उच्च हुनसक्ने अनुमान गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विश्वभरका केन्द्रीय बैंकहरूले सन् १९६७ यताकै उच्च दरमा सुनमा लगानी बढाएका छन्।

द वर्ल्ड काउन्सिलका अनुसार अघिल्लो वर्ष सन् २०२२ को जनवरीदेखि नोभेम्बरसम्ममा मात्रै विश्वभरका केन्द्रीय बैंकहरूले ६ सय ७३ टन सुन खरिद गरेका छन्। चीन र रसियाले सुनको खरिददारी उच्च दरमा बढाएको आशंका गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट