Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कात्तिक ७ गतेदेखि देशभित्र पूर्ण रुपमा क्लिनफिड लागू हुने

२०७७, ३ कार्तिक सोमबार १५:५५

कात्तिक ३, काठमाडौँ (रासस) । यही कात्तिक ७ गतेदेखि देशभित्र पूर्ण रुपमा क्लिनफिड लागू हुने भएको छ । सोसँगै नेपालमा इन्टरनेटमा आधारित (ओटिटी–मोबाइल एपबाट हुने) टेलिभिजन प्रसारण नियमन गर्न व्यवसायीले सरकारसमक्ष माग गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई आज नेपाल केवल टेलिभिजन व्यवसायी महासङ्घका तर्फबाट एक ज्ञापनपत्र बुझाउँदै  क्लिन फिड लागू गर्न सरकारले गरेको प्रभावकारी पहललाई धन्यवाद दिई इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणलाई समेत नियमन गर्न आग्रह गरेका हुन् ।

महासङ्घका अध्यक्ष धुव्र शर्माका अनुसार आफूहरुको मागअनुसार नै मन्त्री गुरुङले क्लिनफिडसँगै अन्य प्रविधिमा आधारित प्रसारणका सन्दर्भमा आवश्यक प्रक्रिया मिलाउनका लागि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई  निर्देशन दिनुभयो । ‘विज्ञापन  नियमन गर्ने ऐन, २०७६’ अनुसार यही कात्तिक ७ गतेदेखि नेपालभित्र प्रसारण हुने टेलिभिजनमा विदेशी विज्ञापनसमेत प्रसारण गर्न पाइने छैन । सोही ऐनअनुसार क्लिनफिड वा विज्ञानपनरहित प्रसारण गर्नुपर्नेछ ।

महासङ्घले आज मन्त्री गुरुङलाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रसारण अनुमति नलिएका विदेशी च्यानल र भिडियो तथा सेन्सर नभएका वा भएका चलचित्र सहजै प्रसारण हुने र  प्रयोगकर्ताले हेर्न सक्ने भएकाले इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणलाई नियमन गर्न माग गरेको हो ।

आइपी टिभीले हाल प्रयोग गरिरहेको एन्ड्रोइड आइपिटिभी बक्समा सहजै अनधिकृत टिभी तथा श्रव्य दृश्य सामग्रीसमेत उपलब्ध हुने जनाउँदै  महासङ्घले  डाउनलिंक अनुमति लिएका भन्दाबाहेकका अन्य सामग्रीको प्रसारण गर्न नपाउने व्यवस्था गर्न माग गरेको छ ।

महासङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले क्लिनफिडलगायत विषय  राष्ट्रिय कार्यसूची भएकाले यो सबैको साथ र सहयोगमा कार्यान्वयन हुने बताउनुभयो । उहाँले भन्नुभयो “ राष्ट्रियतालाई केन्द्रविन्दुमा राखेर सोही हिसाबले हामी अगाडि बढौँ । सरकारका तर्फबाट कानूनमा समावेश नभएका विषयलाई कसरी सम्बोधन गर्नुपर्छ, त्यो हामी सबै गर्छौँ ।”

मन्त्री गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणले आवश्यक तयारी गर्नुपर्ने  भए त्यसो गर्न र इन्टरनेट व्याण्डविथ ल्याउने कम्पनीलाई आवश्यक निर्देशन दिनुपर्ने भए त्यसका लागि समेत प्राधिकरणले सहजीकरण गर्ने बताउनुभयो ।  

महासङ्घले क्लिनफिडमा आउन व्यवसायीलाई गरे जस्तै आग्रह इन्टरनेट व्याण्डविथ ल्याउने कम्पनीलाई पनि गर्नुपर्नेमा मन्त्री गुरुङको ध्यानाकर्षण गराएको थियो । यसअघि पनि महासङ्घका पदाधिकारीले  मन्त्रालय र प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा समेत ज्ञापनपत्र बुझाएको थियो ।

नेपालमा ओटिटी–मोबाइल एपमार्फत केही टेलिभिजन प्रसारण संस्थाले प्रसारण गर्दै आएका छन् । संसद्को विकास तथा प्रविधि समितिले यसअघि नै  कात्तिक ७ गते भित्र विज्ञापन बोर्ड गठन गरी विदेशी च्यानलमा विज्ञापनरहित नीति लागू गर्न सरकारलाई निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले यसअघि नै तोकिएको मितिमा क्लिनफिड लागू हुने स्पष्ट पारिसक्नु भएको छ ।

महासङ्घका अध्यक्ष शर्माका अनुसार  नेपालमा ओटिटी मोबाइल एपमा आधारित टेलिभिजन प्रसारण कानूनसम्मत तरिकाले अनुमति नलिएको जनाउँदै बन्द गर्नुपर्ने वा नियमन गर्नुपर्ने आफूहरुको मागमा सरकारका प्रवक्ता गुरुङले सकारात्मक रुपमा लिनुभएको छ । शुरुमा क्लिनफिडमा आउन नमानेका विदेशी च्यानल प्रसारकसमेत सरकारको नीतिअनुसार क्लिनफिड प्रसारण गर्न तयार भएका छन् । यस सम्बन्धमा व्यवसायीले समेत आवश्यक तयारी गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै