२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो

२०७७, १४ चैत्र शनिबार ०३:०१

चैत १४, काठमाडौं । महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवबाट सरिआएका २ सय ८२) रहेकामा ३ सय १० मुद्दा सम्बन्ध विच्छेदका छन्।

यीमध्ये १ सय ९५ मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र इङनामले परिवारकै सदस्यबाट भएको अन्यायविरुद्ध लड्ने चेतना जागृत भएकाले सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढेको हुनसक्ने बताए।

‘घर–परिवारमा बेमेल भए पनि अन्याय सहेर बस्ने चलन विस्तारै हटेको देखिन्छ,’ उनले भने, ‘आफूमाथि अन्याय भएको चेतनाले महिला र पुरुषलाई अदालतसम्म ल्याइपु¥याएको हो।’ सम्बन्ध विच्छेदका लागि निवेदन गर्नेमा पुरुषभन्दा महिलाको संख्या बढी छ।

वैदेशिक रोजगारीमा गएर फर्केका युवामा सम्बन्ध विच्छेद गर्ने क्रम सबैभन्दा बढी छ। वैदेशिक रोजगारीमा गएर फर्केका पुरुषले महिलासँग र महिलाले पुरुषसँग सम्बन्ध विच्छेद गर्न चाहेको देखिएको उनले जनाए। यो समाचार आजको नागरिक दैनिकमा भीम चापागाईंले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ