२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ४१ खर्ब ६५ अर्ब

२०७८, ४ श्रावण सोमबार १२:३६

साउन ४, काठमाडौँ (रासस) । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.९७ अङ्कले बढेर दुई हजार ९९४.५८ मा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ०.०२ विन्दुले घटेर ५६०.९४ मा पुगेको छ । कूल २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर रु ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ मूल्यमा खरिद बिक्री भए । 

कारोवार भएका १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार उपसमूहको शेयर आज उल्लेख्य बिन्दुले बढेको छ । व्यापार उपसमूह १९६.०२ ले बढ्दा बैंकिङ १०.८४, निर्जीवन बीमा १०१.४४, उत्पादन ४१.२३, अन्य १६.८७, जीवन बीमा ५३.१५, सामूहिक लगानी कोष ०.१ र लगानी १.५९ बिन्दुले बढेको छ । यस्तै, होटल तथा पर्यटन १६.०४, विकास बैंक १८.३, जलविद्युत् १.५४, वित्त २९.७९ र लघुवित्त ४.४२ विन्दुले घटेको छ । 

सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार ५९ बराबर पुगेको छ । कारोवारका आधारमा आज एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३५ करोड ४१ लाख ६६ हजार ४४ बराबरको कारोवार भयो ।

त्यस्तै नबिल बैंक रु ३३ करोड १८ लाख १२ हजार ४०९, नेपाल बङ्गलादेश बैंक रु ३१ करोड २९ लाख २१ हजार ९००, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर रु ३० करोड ९६ लाख ८९ हजार २३० र सिनर्जी पावर रु २८ करोड ९९ हजार ९२ ६६० बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । 

कारोवारका आधारमा आज सिनर्जी पावरको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी ९.२०, नेपाल इन्स्योरेन्स ७.५७, नागरिक लगानी कोष ६.४० र हिमालयन ऊर्जा विकास कम्पनीको लगानीकर्ताले ५.९८ प्रतिशतले कमाए । 

नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ५.८७, सनराइज बैंकको ऋणपत्र ५.०६, गुर्खाज फाइनान्स ३.६०, मञ्जुश्री फाइनान्स ३.२० र एचआइडिसिएलका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ