Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ मंसिर १२ गते, बिहान ५:०३ बजे
जाजरकोट - JKT

जाजरकोट बस दुर्घटनामा ५ जनाको मृत्यु, ३० घाइते

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर १२, जाजरकोट, न्युज कारखाना | जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । नेपालगन्ज देखि राडिबजार आउदै गरेको ना. ६ ख. २७५७ नम्बरको रात्री बस  जाजरकोटको बराहचौर नजिक  राती दुई बजे दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ३० जनाको जिल्ला अस्पताल उपचार भैरहेको छ  । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ ।