२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लामा म्यादी प्रहरी : माग ८४३, आवेदन दिने १६७३

२०७९, ११ आश्विन मंगलवार ११:३०

असोज ११, जुम्ला | ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले जुम्लाका लागि आठ सय ४३ जना म्यादी प्रहरी माग गरे पनि दुई गुनाभन्दा बढीले आवेदन दिएका छन् । सरकारले ६ देखि ९ असोजसम्म आवेदन दिनसक्ने गरी सूचना जारी गरेकाे थियाे । यस अवधिका जुम्लाबाट एक हजार ६ सय ७३ जनाले आवेदन दिएका छन् ।  


आवेदन दिनेमध्ये चार सय ५८ महिला रहेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी धर्मराज जोसीले  जानकारी दिए । उनले भने, 'मागभन्दा दोब्बर आवेदन आउनुले बढ्दो बेरोजगारी दरको संकेत गर्छ । स्थानीय स्तरमा रोजगारको कुनै मध्यम छैन । उनीहरू मध्यबाट म्यादी प्रहरी चयन भइरहेकाे छ । आज छनाेट प्रक्रिया सकिएकाे छ ।' 

उनका अनुसार म्यादी प्रहरीको कार्यअवधि तालिम सुरु भएदेखि ४० दिनसम्मको हुनेछ। त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ। प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार दुई सय रुपैयाँ, पोसाक र अन्य खर्चका लागि ६ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बिमा सुविधा समेतको व्यवस्था गरिएको छ। 

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार म्यादी प्रहरी छनौट प्रक्रिया मंगलबार सकिएको छ । उनले भनिन्, ‘बुधबार ८ बजे लिखित परीक्षा हुँदैछ । यहि १४ असाेजसम्म मौखिक परिक्षा सकिन्छ । यहि २५ असाेजमा फाइनल नतिजा आउने  छ ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो