By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    5 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    8 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    8 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    9 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    11 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: चुनावी सभामा चुच्चे नक्शाको चर्चा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > चुनावी सभामा चुच्चे नक्शाको चर्चा
काठमाडौँ - KTMसमाज

चुनावी सभामा चुच्चे नक्शाको चर्चा

साझासवाल
Last updated: November 13, 2022 10:32 am
साझासवाल
6 Min Read
Share

कार्तिक २७, सुदूरपश्चिम | ‘चुच्चे नक्शा’ले चुनावी सभाका क्रममा देशका शीर्ष नेताको ध्यान खिचेको छ । आ–आफ्नो चुनावी प्रचारप्रसारका क्रममा दार्चुला आउनुभएका सत्ता गठबन्धन र एमालेको शीर्ष नेतृत्वले सभामा चुच्चे नक्शाको प्रसङ्ग जोडतोडले उठाउनुभयो । 

 सत्ता गठबन्धनको चुनावीसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक ढङ्गले भारतसँग वार्ता गरेर लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि फिर्ताको पहल गरिने बताउनुभयो ।  सोही सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्शा एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्र नभइ आफूसमेत पार्टी अध्यक्ष रहेको तत्कालीन नेकपाका बहुमत सदस्यको बलमा बनाइएको बताउनुभयो । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले चुच्चे नक्शा सबै दलको सहमतिमा जारी भएको बताउनुभयो । 

यस्तै एमाले अध्यक्ष ओलीले दार्चुलाबाट चुनावी प्रचारप्रसार सुरु गर्नुहुँदै चुच्चे नक्शाको मुद्दा जोडतोडकासाथ उठाउनुभयो । ओलीले नक्शा जारी गर्नमा आफ्नो स्वामित्व रहेको बताउनुभयो । दार्चुला मात्र होइन अन्य जिल्लामा आयोजित चुनावी सभामा समेत चुच्चे नक्शाको चर्चा ठूला राजनीतिक दलका शीर्ष नेताले गर्दै आउनुभएको छ ।   

प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरामा एक हप्तासम्म सत्ता गठबन्धनको पक्षमा चुनावी माहोल बनाउन व्यस्त रहनुभयो । उहाँ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डडेलधुराबाट प्रत्यासी हुनुहुन्छ । उहाँले धनगढीमा समेत नेता कार्यकर्तासँगको भेटघाटलाई प्राथमिकता दिनुभयो । 

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले बैतडीको पाटनमा पनि चुनावी सभालाई सम्बोधन गर्नुभयो । यस्तै एमाले अध्यक्ष ओलीले यही कात्तिक १८ गते एकैदिन दार्चुला, बैतडी र कञ्चनपुरमा चुनावी सभालाई सम्बोधन गर्नुभयो । उहाँले शनिबार डोटी र कैलालीका तीन ठाउँमा चुनावी सभालाई सम्बोधन गर्नुभयो ।  

दार्चुलामा बडू र ठगुन्ना तृस्रो जितको खोजीमा 

दार्चुलाबाट २०४८ सालमा विजयी भइ केन्द्रिय राजनीतिमा बलियो स्थान बनाउनुभएका सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार दिलेन्द्रप्रसाद बडू उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुनुहुन्छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका ६८ वर्षीय बडू तेस्रो जितको खोजीमा हुनुहुन्छ । उहाँ यसअघि २०५६ को निर्वाचनमा समेत विजयी हुनुभएको थियो । संविधानको रक्षा, लोकतन्त्र र आफूबाट सुरु भएका विकास निर्माणका काम पूरा गर्न उम्मेदवार बनेको बडूको भनाइ छ । अन्तिम अवसरको रुपमा उहाँ मतदातामाझ मत माग्दै हिँडिरनुभएको छ ।

“संविधान र लोकतन्त्रमाथि प्रहार भएपछि बनेको गठबन्धन हो । गठबन्धनका उम्मेदवार जित्न जरुरी छ ।” बडूले भन्नुभयो । विसं २०४८ मा पहिलो पटक विजयी हुनुभएका बडू २०५१ सालको निर्वाचनमा एमाले उम्मेदवार  प्रेमसिंह धामीसँग पराजित हुनुभएको थियो । उहाँ २०५६ सालमा पुनः विजयी हुनुभयो । विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा दार्चुलाबाट नेकपा माओवादीका लक्ष्मणदत्त जोशी विजयी हुनुभयो । सो निर्वाचनमा एमालेका गणेशसिंह ठगुन्ना दोस्रो र बडू तेस्रो स्थानमा रहनुभयो । 

कांग्रेस उम्मेदवार बडू र एमाले उम्मेदवार ठगुन्नाबीच पहिलो प्रतिस्प्र्धा २०६४ सालमा भएको हो । विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा बडू र ठगुन्नाबीच पुनः प्रतिस्पर्धा भयो । ठगुन्ना विजयी हुनुभयो । यस्तै २०७४ सालमा भने एमाले उम्मेदवार पुनः विजयी हुनुभयो । कांग्रेस उम्मेदवार बडू भने समानुपातिकबाट सांसद बन्नुभयो । सो निर्वाचनमा कांग्रेसबाट विक्रमसिंह धामी उम्मेदवार बन्नुभयो । 

सत्ता गठबन्धनबाट अहिले चुनावी मैदानमा हुनुहुन्छ बडू । पाँच दलिय गठबन्धनका कारण तेस्रो जीत निश्चित भएको बडूको दाबी छ । एमाले उम्मेदवार ठगुन्ना पनि आफ्नो जित हुनेमा विश्वस्त हुनुहुन्छ । स्थानीय तह निर्वाचनको परिणामका आधारमा आफू विजयी हुनेमा ठगुन्ना ढुक्क हुनुहुन्छ । 

एजेण्डा एकनासका 

कांग्रेस उम्मेदवार बडू र एमाले उम्मेदवार ठगुन्नाका चुनावी एजेण्डा उस्ताउस्तै छन् । दुवै उम्मेदवारले महाकाली करिडोर दार्चुला तिङ्कर सडक समयमै सम्पन्न गर्ने दाबी गरेका छन् । निर्माणाधीन दार्चुला–तिङ्कर सडकको ट्र्याक खुलाउन बाँकी ८७ किलोमिटर क्षेत्र नेपाली सेनालाई दिएको र समयमै निर्माण गर्न पहल गर्ने दुवैको वाचा रहेको छ । 

यो बाहेक जिल्लाभित्र विद्युतीकरण, खानेपानी, विमानस्थल, पर्यटन पूर्वाधारलगायत दुवै उम्मेदवारका चुनावी मुद्दा रहेका छन् । बडू र ठगुन्ना दुवै महाकाली नगरपालिका–५ का बासिन्दा हुनुहुन्छ । एउटै वडाका यी दुवैको मतदान केन्द्र पनि एउटै रहेको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । दुई नगरपालिकासहित नौवटा स्थानीय तह रहेको दार्चुलामा एमालेले शैल्यशिखर र महाकाली नगरपालिका तथा मालिकार्जुन दुहँु र व्याँस गाउँपालिका प्रमुख जितेको थियो । यस्तै उसले शैल्यशिखर, महाकाली र लेकम गाउँपालिकामा उपप्रमुख÷उपाध्यक्ष जितेको थियो । 

अपिहिमाल, लेकम, नौगाड र मार्मा गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख तथा व्याँस र मालिकार्जुन गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । कांग्रेस भने कुनै पनि स्थानीय तहको प्रमुखमा विजयी भएन । काग्रेसले अपिहिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकामा उपाध्यक्ष जीतेको थियो ।

कूल ६१ मध्ये ३४ वडामा एमाले, १९ वडामा कांग्रेस र १० वडामा माओवादी केन्द्र विजयी भएको थियो । 

स्थानीय तहको निर्वाचन मतपरिणामअनुसार एमालेको मत २९ हजार तीन सय ९७, कांग्रेसको २१ हजार पाँच ५४ तथा माओवादी केन्द्रको सात हजार आठ सय ८१ मत रहेको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दार्चुलामा ४५ हजार ५४३ पुरुष र ४३ हजार ६११ महिला गरी कुल ८९ हजार १५४ मतदाता छन् । यहाँ ११२ मतदानस्थल र १४१ मतदान केन्द्र कायम गरिएको छ 

Share This Article
Facebook Email Copy Link Print
Previous Article वर्षा र हिमपातको सम्भावना
Next Article रवि लामिछानेकाे गाडी ताेडफाेड
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबैदेशिक रोजगार

मलेसिया र कोरिया सहित खाडीका ४ मुलुकमा श्रम कन्सुलर र सहचारी खटाइयो (को-को परे ?)

57 years ago
काठमाडौँ - KTMसमाज

लोकसेवा आयोगको विज्ञापनविरुद्ध पुनः रिट दायर

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

1 year ago
काठमाडौँ - KTMसमाज

बढुवा भएका एआइजीले लगाए दर्ज्यानी चिन्ह

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?