कमल रावल | असोज २, अछाम | तेस्रो परिवार नियोजन दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछाममा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । व्यवस्थित परिवार, स्वास्थ्य र विका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | असोज २, अछाम | तेस्रो परिवार नियोजन दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछाममा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । व्यवस्थित परिवार, स्वास्थ्य र विका"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

तेस्रो परिवार नियोजन दिवसको अवसर पारि अछाममा अन्तरक्रिया

२ आश्विन २०७३, आईतवार १३:५७

कमल रावल | असोज २, अछाम | तेस्रो परिवार नियोजन दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछाममा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । व्यवस्थित परिवार, स्वास्थ्य र विकासको आधार भन्ने नाराका साथ सेवाग्राही, महिला, स्वास्थ्य स्वंयमसेविका र स्वास्थ्य कर्मिका बिचमा अन्तक्र्रिया कार्यक्रम भएको हो ।

छलफलको क्रममा गत वर्षको भन्दा यो वर्ष ३ प्रतिशतले परिवार नियोजनाका साधन प्रयोग कर्ताको बृद्धि भएको जानकारी गराईएको थियो । नेपालमै ४३ प्रतिशतले प्रयोग गरेपनी हाल सम्म अछाम जिल्लामा २८ प्रतिशले प्रयोग गरेका तथ्याकमा उल्लेख गरिएको छ । गत वर्ष २५ प्रतिशत रहेको पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय मार्फत लगातार रुपमा पिल्स २ हजार  २ सय  ३३, डिपो ४ हजार ९ सय ९४, आयुसिडी ५ सय ४६, कण्डम ४ हजार २ सय, ईमप्लान्ट १ हजार ७ सय २९ जनाले प्रयोग गरिरहेका जिल्ला स्वास्थ्य कार्यालय अछामका परिवार नियोजन सुपरभाईजर भ्वान सिह कुवरले जानकारी दिनु भयो । जिल्लाको विवाहित ६१ हजार ५ सय १७ प्रजनन उमेरका विवादित महिला मध्ये १७ हजार ३ सय २२ जनाले मात्र प्रयोग गरेका छन । साथै विगत १३ वर्ष देखि हाल सम्म ३ हजार ६ सय २० ले नियमित सेवा लिरहेका छन । कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य प्रमुख डाक्टर शरद चन्द्र बरालले सुत्केरी भएको ४५ दिन भित्रै परिवार नियोजनका साधन प्रयोग गर्ने, सबै देश बाहिर रहेका सबैलाई यसको बारेमा जानकारी गराउने लगाएतका कुराहरु महिला स्वयमसेविकाको आमा समुहको बैठकमा छलफल गर्न सुझाव दिएका थिए । 


परिवार नियोजनाका साधन प्रयोगकर्ताको सख्या निकै कम भएकाले यो बढाउन सबै सरोकारवालाले साथ दिनु पर्ने बताएका थिए । छलफलको क्रममा अशिक्षित श्रीमान वा श्रीमती, महिनावारि अनियमित, जिल्ला बाहिर स्थायी बन्ध्याकरण गराउनु लगाएत मुख्य समस्या रहेका सहभागिले बताएका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अछामका जन स्वास्थ्य निरिक्षक मुकेश अधिकारी, UNFPA अछामका प्रमुख भरत गोतामे, रेडियो रामारोशनका समाचार प्रमुख कमल रावल लगाएतले सुझाव दिएका थिए । यस्तै कमलबजार प्रथामिक स्वास्थ्य केन्द्रमा पनी अन्तक्र्रिया तथा रयालीका साथ कार्यक्रम मनाईएको छ । कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजना र UNFPA अछामको सहयोगमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला