कमल रावल | असोज २, अछाम | तेस्रो परिवार नियोजन दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछाममा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । व्यवस्थित परिवार, स्वास्थ्य र विका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | असोज २, अछाम | तेस्रो परिवार नियोजन दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछाममा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । व्यवस्थित परिवार, स्वास्थ्य र विका"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

तेस्रो परिवार नियोजन दिवसको अवसर पारि अछाममा अन्तरक्रिया

२०७३, २ आश्विन आईतवार १३:५७

कमल रावल | असोज २, अछाम | तेस्रो परिवार नियोजन दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछाममा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । व्यवस्थित परिवार, स्वास्थ्य र विकासको आधार भन्ने नाराका साथ सेवाग्राही, महिला, स्वास्थ्य स्वंयमसेविका र स्वास्थ्य कर्मिका बिचमा अन्तक्र्रिया कार्यक्रम भएको हो ।

छलफलको क्रममा गत वर्षको भन्दा यो वर्ष ३ प्रतिशतले परिवार नियोजनाका साधन प्रयोग कर्ताको बृद्धि भएको जानकारी गराईएको थियो । नेपालमै ४३ प्रतिशतले प्रयोग गरेपनी हाल सम्म अछाम जिल्लामा २८ प्रतिशले प्रयोग गरेका तथ्याकमा उल्लेख गरिएको छ । गत वर्ष २५ प्रतिशत रहेको पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय मार्फत लगातार रुपमा पिल्स २ हजार  २ सय  ३३, डिपो ४ हजार ९ सय ९४, आयुसिडी ५ सय ४६, कण्डम ४ हजार २ सय, ईमप्लान्ट १ हजार ७ सय २९ जनाले प्रयोग गरिरहेका जिल्ला स्वास्थ्य कार्यालय अछामका परिवार नियोजन सुपरभाईजर भ्वान सिह कुवरले जानकारी दिनु भयो । जिल्लाको विवाहित ६१ हजार ५ सय १७ प्रजनन उमेरका विवादित महिला मध्ये १७ हजार ३ सय २२ जनाले मात्र प्रयोग गरेका छन । साथै विगत १३ वर्ष देखि हाल सम्म ३ हजार ६ सय २० ले नियमित सेवा लिरहेका छन । कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य प्रमुख डाक्टर शरद चन्द्र बरालले सुत्केरी भएको ४५ दिन भित्रै परिवार नियोजनका साधन प्रयोग गर्ने, सबै देश बाहिर रहेका सबैलाई यसको बारेमा जानकारी गराउने लगाएतका कुराहरु महिला स्वयमसेविकाको आमा समुहको बैठकमा छलफल गर्न सुझाव दिएका थिए । 


परिवार नियोजनाका साधन प्रयोगकर्ताको सख्या निकै कम भएकाले यो बढाउन सबै सरोकारवालाले साथ दिनु पर्ने बताएका थिए । छलफलको क्रममा अशिक्षित श्रीमान वा श्रीमती, महिनावारि अनियमित, जिल्ला बाहिर स्थायी बन्ध्याकरण गराउनु लगाएत मुख्य समस्या रहेका सहभागिले बताएका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अछामका जन स्वास्थ्य निरिक्षक मुकेश अधिकारी, UNFPA अछामका प्रमुख भरत गोतामे, रेडियो रामारोशनका समाचार प्रमुख कमल रावल लगाएतले सुझाव दिएका थिए । यस्तै कमलबजार प्रथामिक स्वास्थ्य केन्द्रमा पनी अन्तक्र्रिया तथा रयालीका साथ कार्यक्रम मनाईएको छ । कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजना र UNFPA अछामको सहयोगमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी