२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा पठाउँदा बढी अशुली गरे के सजाय हुन्छ ?

२०७८, ९ बैशाख बिहीबार २०:०४

वैदेशिक रोजगार ऐन २०६४ मा उल्लेख छ - 

'कुनै इजाजतपत्रवालाले निःशुल्क प्रवेशाज्ञा प्राप्त भएकोमा सो बापतको शुल्क लिएमा वा तोकिएभन्दा बढी शुल्क वा खर्च लिएमा सो नलाग्ने वा बढी लिएको शुल्क वा खर्च विभागले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न लगाई त्यस्तो इजाजपत्रवालालाई एक लाख रुपैयाँ जरिबाना गर्नेछ ।' 


थप जानकारी:

वैदेशिक रोजगारमा जाने कामदारको हित संरक्षण गर्ने उद्देश्यले नेपाल सरकारले २०७२ जेठ २६ गतेदेखि सात राष्ट्रहरुः मलेसिया, कतार, साउदी अरेविया, संयुक्त अरब ईमिरेट्स, कुवेत, बहराइन र ओमानमा रोजगारीका लागि जाने कामदारहरुलाई निःशुल्क भिसा तथा टिकटको व्यवस्था अवलम्वन गरेको छ । 

नेपाल राष्ट्र बैंकले २०७५ मा गरेको अध्ययन अनुसार वैदेशिक रोजगार व्यवसायी (मेनपावर कम्पनी) मार्फत् विदेश गएका तीन चौथाई भन्दा बढी कामदारलाई निःशुल्क भिसा र टिकटको व्यवस्थाका बारेमा जानकारी रहेको छ भने करिब सोही संख्यामा यो व्यवस्था अनुसार नै विदेशिएको सर्वेक्षणले देखाएको छ । विदेश गएका मध्ये करिब एक तिहाई कामदारले मात्र यस व्यवस्था बमोजिम न्यूनतम शुल्क तिरेका छन् भने एक चौथाईले रु. ५० हजार भन्दा बढी रकम वैदेशिक रोजगार कम्पनीलाई बुझाएको देखिन्छ । अध्ययन अनुसार फ्री भिसा/टिकटको व्यवस्था हुनुअघि भन्दा औसतमा विदेश जाने कामदारको लागत घटेको औल्याईएको छ ।

उक्त अध्ययनमा एस विषयलाइ थप स्पष्ट बनाई भनिएको छ 'बढी रकम नतिरी मेनपावर कम्पनीले नपठाउने, एक व्यक्ति नगए अर्को व्यक्तिले बढी तिरेर जाने, बढी रकम तिरेपनि रु. १० हजारको मात्र बील दिने, निःशुल्क भिसा टिकटको बारेमा जानकारी नदिने जस्ता कारणले गर्दा निःशुल्क भिसा र टिकटको प्रावधानको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको अध्ययनको निष्कर्ष रहेको छ । तसर्थ, यस व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने देखिन्छ ।'  

उक्त अध्ययन अनुसार केवल १५ प्रतिशत मात्र रु. १० हजारसम्मको कुल खर्चमा वैदेशिक रोजगारीमा जान सकेका छन् । भारत, पाकिस्तान र श्रीलंका भन्दा औसतमा नेपालवाट वैदेशिक रोजगारीको लागत बढी छ । 

राष्ट्र बैंकको सुझाव यो छ कि -'निःशुल्क भिसा र टिकटको प्रभावकारी कार्यान्वयन गर्न उक्त व्यवस्था लागू भएका सात देशहरुसँग श्रम सम्झौता (निःशुल्क भिसा तथा टिकट लागू) गर्ने, उच्च आम्दानी हुने रोजगारमा रोजगारदाता कम्पनीले निःशुल्क भिसा र टिकट नदिएमा सो शुल्क लिन पाउने व्यवस्था मिलाउने तथा वैदेशिक रोजगार व्यवसायीहरुको कारोबारको नियमित अनुगमन गर्नुपर्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा