2026-06-26 02:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुफाबाट उद्धार गरिएका थाई बालक बुधबार घर फर्किदै

2018-07-18

साउन २, बैंकक | गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका १२ जना बालक र उनीहरुका प्रशिक्षक बुधबार नै घर फर्किने भएका छन् । 

करिब हप्तादिन अघि तीन दिन लगाएर उद्धार गरी अस्पतालमा राखिएका उनीहरुलाई बिहीबार घर फर्काइने भनिएको थियो । 

ती बालकको स्वास्थ्य परीक्षणका लागि अस्पताल राखिएको थियो । 

उनीहरुको स्वास्थ्य राम्रो भएकोले बुधबारै घर फर्किन दिइएको समाचारमा जनाइएको छ । 

यसअघि उनीहरुलाई सञ्चारमाध्यमसँग कुराकानी गर्न पनि नदिने भनिएकोमा आज पहिलो पटक सञ्चारमाध्यमलाई अन्तरवार्ता लिन पनि दिइएको छ । 

यसअघि उनीहरुलाई बिहीबार मात्र अस्पतालबाट बिदा गरेर घर फर्काइने भनिएकोमा उनीहरुको स्वास्थ्य राम्रो भएकोले बुधबारै घर जान दिइएको अस्पतालले जनाएको छ । 

करिब दुई हप्तासम्म गुफामै थुनिएर रहेका उनीहरुलाई तर्सिने, एकान्त बस्न चाहने तथा बेला बेलामा झस्किने समस्या देखिएको थियो । 

स्वास्थ्य उपचार सम्पूर्ण रुपबाट पूरा भएपछि उनीहरुलाई अस्पतालबाट बुधबार अस्पतालमै एक भव्य विदाई समारोहको आयोजना गरिने अस्पताल प्रशासनले जनाएको छ । 

उद्धार गरिएका बालक र उनीहरुका अविभावकलाई आफन्त र साथीहरुसँग समय विताउन, तर सञ्चारमाध्यमलाई भने एक पटक मात्र अन्तवार्ता नदिन सुझाव दिइएको छ । 

तर उनीहरुको अवस्था राम्रो भएको र सञ्चारमाध्यमलाई आफूहरु लामो समयदेखि गुफामा बस्दाका कथा सुनाउन उत्तेजित रहेकाले चिकित्सकहरुले सञ्चारमाध्यमसँग कुराकानी गर्न स्वीकृति दिएको बताइएको छ । 

गुफामा फसेका १२ जना बालक र उनीहरुका एक जना फुटबल प्रशिक्षकलाई करिब एक हप्ताअघि गुफाबाट उद्धार गरेर अस्पताल लगिएको थियो । उनीहरु गत जुन २३ मा गुफामा फसेका थिए । 

उद्धार गरिएका सवैलाई मनोवैज्ञानिक परामर्शसमेत गरिएको छ भने सम्पूर्ण स्वास्थ्य परीक्षण सकिएको अस्पताल स्रोतले जानकारी दिएको छ । 

थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा उनीहरु झण्डै दुई हप्ताभन्दा बढी समय थुनिएका थिए । घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ मा गुफामा फसेपछि उनीहरुको अवस्था नवौँ दिनमा मात्रै पत्ता लागेको थिए । 

उनीहरुलाई गुफाबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको थियो । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ