2026-11-02 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइल सेट चोरिए वा हराए सजिलै ट्रयाकिङ, ‘पुरानो किन्ने सचेत बन्नुहोला’

साउन ४, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन सेट ट्रयाकिङ सेवा सुरु गरेको छ । अबदेखि कसैको भेटाएको फोन खरिद बिक्री गर्नेमाथि प्राधिकरणले काराबाही गर्ने भएको छ । 

प्राधिकरणले फेला पारेको मोबाइल सम्बन्धित व्यक्ति वा प्रहरीमा नबुझाई बिक्री गरेमा कारबाही गर्ने भएको हो । हराएको फोनलाई मोबाइल ट्रयाकिङ प्रविधिबाट सजिलै ट्रयाक गर्न सकिने हुँदा भेटिएको मोबाइल फोन सेट सम्बन्धित व्यक्ति, प्रहरी कार्यालय वा प्राधिकरणमा फिर्ता गर्न नियामकले सूचित गरेको छ । 

मोबाइल फोनमा ‘इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी’ (आइएमइआइ)/ इलेक्ट्रोनिक सिरियल नम्बर (इएसएन)/ ‘मोबाइल इक्विपमेन्ट आइडेन्टिटी’ (एमइआइडी) हुन्छन्। प्राधिकरणको सिफारिसमा मात्र अहिले नेपालमा मोबाइल फोन सेटहरु आयात गरिन्छन्। तसर्थ नेपालमा आयात भएका सबै मोबाइल फोन सेटको रेकर्ड प्राधिकरणसँग रहेको हुन्छ । 

त्यसैले प्राधिकरणले कुनै पनि व्यक्तिको हराएको मोबाइल फोनसेट ट्रयाकिङ गर्नको लागि ‘मोबाइल ट्रयाकिङ’ सेवा सबैको लागि उपलब्ध गराएको छ। मोबाइल फोन हराउने व्यक्तिले यहाँ क्लिक प्राधिकरणमा जानकारी दिन सक्नेछन् ।

यदि कसैले मोबाइल फोनसेट भेट्टाएको छ भने फिर्ता गर्दा नै उत्तम हुन्छ। भेट्टाएको फोन सेट फिर्ता नगर्दा त्यसलाई प्राधिकरणले सजिलै ट्रयाकिङ गर्नेछ । पुरानो मोबाइल सस्तोमा भेट्टाएँ भनेर कसैले किनेमा त्यो चोरीको पनि हुन सक्छ । त्यसैले पुरानो मोबाइल किन्नेहरु पनि सचेत हुनु पर्छ। यदि चोरीको वा हराएको फोन हो भन्ने भएमा उसलाई कारबाही हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द