२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा कोभिड १९ को नयाँ रेकर्ड, एकै दिन ४ हजारभन्दा बढीको मृत्यु

२०७७, २६ पुष आईतवार ०८:३७

पुस २६, काठमाडौँ | संयुक्त राज्य अमेरिकामा कोभिड १९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन यो सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार कोभिडका कारणबाट अमेरिकामा बिहीबार मात्र कम्तीमा पनि चार हजार जनाको ज्यान गएको बताइएको छ ।

यहाँको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडीसीले दिएको जानकारीअनुसार बिहीबार मात्र कम्तीमा पनि चार हजार १८० जनाको यो सङ्क्रमणबाट निधन भएको छ । त्यस दिनमात्र यो सङ्क्रमणका २ लाख ७९ हजार ४०१ जना नयाँ संक्रमित भेटिएका छन् । यो संख्या पनि अमेरिकामा धेरैपछि एकै दिन देखिएको सबैभन्दा धेरै संख्या भएको यहाँको स्वास्थ्यसम्बन्धी निकाय सिडीसीले जनाएको छ ।

 सिडीसीले दिएको जानकारीअनुसार अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएपछिको यो सबैभन्दा धेरै संख्याको संक्रमण र मृत्यु हो ।यहाँ शुक्रबारको तथ्यांकअनुसार यहाँका करिब १ लाख ३२ जना नागरिक त कोभिडको संक्रमणका कारण विरामी भएर अस्पतालमा नै रहेका बताइएको छ ।

 नयाँ वर्ष शुरु भए पछिको पहिलो हप्तामा नै अमेरिकामा २३ हजार ८३ जना कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । यसका कारण यहाँ पछिल्ला दिनहरुमा यो संक्रमणको त्रास थप बढेको पनि अधिकारीहरुले जनाएका छन् ।

 यो हप्ता भित्रमा अमेरिकाका विभिन्न १६ वटा राज्यमा कोभिडका संक्रमितहरु बढेका छन् र उनीहरुमध्ये केहीलाई कडा लक्षणहरु देखिएका कारणले अस्पताल नै भर्ना गरिएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

 अमेरिकामा अहिलेसम्ममा यो संक्रमणबाट दुई करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । त्यसैगरी यो संक्रमणजन्य जटिलताका कारण यहाँका ३ लाख ६९ हजार जनाको ज्यान पनि गइसकेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार यहाँ शनिबारसम्मको तथ्यांकमा यो संख्या देखिएको छ । साथै पछिल्ला केही दिनहरुमा यहाँ संक्रमित हुने र मृत्यु हुने दर पनि बढेको देखिएको छ । 

गत वर्षको डिसेम्बरमा चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभरी ९ करोड १० लाख भन्दा बढी सङ्क्रमित भएका छन् । 

यस सङ्क्रमणको कारण विश्वभरी १९ लाख ३५ हजार भन्दा बढीको मृत्यु भएको छ भने  ६ करोड ४४ लाख ९२ हजार ५९७ जना कोरोना मुक्त भएका छन् ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु