२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तत्कालै सहयोग नपुगे इथियोपियाको द्धन्द्धग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्युको मुखमा

२०७८, १ असार मंगलवार ०७:५०

असार १, काठमाडौँ (रासस/सिन्ह्वा)। संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ ।

युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको मुखमा नै पुगेका बताएको छ ।संयुक्त राष्ट्रसंघीय कार्यक्रम युनिसेफले सोमबार सो कुराको जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

उक्त कार्यक्रमका अनुसार सो क्षेत्र इथियोपियाको द्धन्द्धग्रस्त क्षेत्रका रुपमा रहेको छ । सो क्षेत्रमा निकै लामो समयदेखि जातीय विद्रोही समूहले हिंसा गरिरहेको छ ।यसैकारणले सो क्षेत्रमा मानवीय सहायता पनि पुर्याउन सकिएको छैन । ती बालबालिका र उनीहरुका आमाबुबाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सो क्षेत्रमा आवश्यक खाद्य सहायता पुर्याउनु पर्ने बताइएको हो ।

युनिसेफकी कार्यकारी निर्देशक हेनरिटा फोरले सो क्षेत्रमा सहयोगका पुर्यायाउने कामको समन्वयका लागि र सहयोग दिनका लागि इथियोपियाको सरकार र अरु विश्वका दाताहरुमा आग्रह गर्नुभएको छ ।

उहाँले उत्तरी इथियोपियामा कम्तीमा पनि २२ लाख मानिस सहयोगको आशामा रहेका बताउनुभयो । उहाँले ती सबै नागरिकलाई सहयोग आवश्यक रहेको र उनीहरुको सहयोगका लागि आवश्यक वातावरण बनाएर उद्धार गरेर त्यहाँ सहयोग पुर्याउन सकेमा मात्र ३३ हजार बालबालिकाको ज्यान बचाउन सकिने जानकारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै