भदौ १३, एजेन्सी | के तपाई घुम्नको लागि छिमेकी मुलुक भारत जाँदै हुनुहुन्छ ? त्यसो भए सचेत हुनुस्- भारतको केन्द्रीय संस्कृति एवं पर्यटन मन्त्री महेश शर्माले भारतमा घुम्न आउने विदेशी महिला पर्यटकलाई आफ्नो सुरक्षाका लागि छोटा कपडा र स्कर्ट नलगाउन सुझाव दिएका छन्।

पछिल्लो समय भारतमा बलात्कारका घटनामा बृद्धि आएको भन्दै उनले स्कर्ट नलगाउन विदेशी महिला पर्यटकलाई सुझाव दिएका हुन्। पत्रकारसँग कुराकानी गर्दै मन्त्री शर्माले विदेशी महिला पर्यटकलाई रातिको समयमा एक्लै बाहिर ननिस्कन पनि भनेका छन्।

भारतीय संस्कृति तथा पर्यटन मन्त्री महेश शर्मा

केही समय अघि दिल्लीको जामिया नगर इलाकामा बस्ने विदेशी महिलालाई केही व्यक्तिहरुले सामूहिक बलात्कार गरेपछि मन्त्री शर्मा यस्तो सुझाव दिएका हुन्। पीडित महिलाले बयानका क्रममा चिनजानकै पुरुषसँग आफ्नो पहिले शारीरिक सम्बन्ध रहेको बताएकी थिइन्।

तर, शारीरिक सम्बन्धपछि ती पुरुषले बनाएको भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै पछिल्लो केही महिना उनीमाथि शारीरिक शोषण गर्दै आएका थिए।

पीडित महिलाले प्रहरीलाई दिएको बयानका अनुसार उनलाई आँखामा पट्टी बाधेर ती पुरुषले दिल्ली बाहिर लगेको र २५ जना पुरुषको समूहले सामूहिक बलात्कार गरेको उल्लेख छ।

प्रहरीले गराएको मेडिकल जाँचबाट पनि महिलामाथि बलात्कार भएको पुष्टि छ। भारतमा सामूहिक बलात्कारका घटना केही समय यता निकै बढेका छन्। त्यसलाई नियन्त्रणमा ल्याउन पनि मन्त्री शर्माले विदेशी महिला पर्यटकलाई स्कर्ट र छोटो कपडा पहिरिएर बाहिर नघुम्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।