अस्ट्रेलियामा मुसलधारे पानि परेपछि एक तिहाइ आगो निभ्यो

Posted on: 07 Feb, 2020

माघ २४, एजेन्सी | केहि समय अघि मात्रै अस्ट्रेलियामा भएको आगलागीले भयावहरुप लिएको थियो | उक्त आगलागी भएको पूर्वी तटीय  क्षेत्रमा पानी परेको छ | लगातार परेको मुसलधारे पानीले अहिलेसम्म एक तिहाइ डढेलो निभेको अधिकारीहरुले बताएका छन् |

आगो अझै निभाउन सक्ने अनुमान गरिएको छ | बीबीसीका अनुसार पानिपरेपछि न्यु साउथ वेल्समा मात्रै ६० मध्ये २० ठाउँमा लागेको डढेलो निभेको छ | आगो निभाउन सजिलो भएपछि खुसियाली मनाएका छन् | यता मौसम बिदले भने तटीय क्षेत्रमा बाढी आउनसक्ने चेतावनी दिएका छन् | सेप्टेम्बरदेखि अस्ट्रेलियाका विभिन्न ठाउँमा फैलिरहेको डढेलोका कारण करिब ५० करोड भन्दा बढी जनावर र पशुपन्छीको मृत्यु भइसकेको छ | भने ३३ जना मानिसकै ज्यान गैसकेको छ |

हालसम्म एक करोड हेक्टर जमिनमा क्षेती पुगेको छ भने धुवाले पुरै ढाकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!