उत्तर कोरियाद्वारा तीन मिसाइल प्रक्षेपण

Posted on: 09 Mar, 2020

फागुन २६, एजेन्सी | उत्तर कोरियाले छोटो दूरीका तीन मिसाइल प्रक्षेपण गरेको छ | दक्षिण कोरियाका सेनाले जनाएअनुसार 'महत्वपूर्ण' एक्सन लिने बताएको दुई दिनपछि सोमबार पूर्वी तटतर्फ तीनवटा प्रक्षेपण गरेको हो  |

'उत्तर कोरियाले दक्षिण हाङयोङ प्रान्तबाट पूर्वी तटीय क्षेत्रतर्फ तीन मिसाइल प्रक्षेपण गरेको छ । उक्त मिसाइलहरु ५० मिटर माथिबाट २०० किलोमिटर टाढासम्म पुगेका छन् |' सिओलस्थित जोइन्ट चिफ अफ स्टाफ पार्क हान-की एलले एक विज्ञप्ति जारी गर्दै भनेको छ |

उत्तर कोरियाले तीनवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जापान रक्षामन्त्रालयका प्रवक्ताले बताएका छन् | तर, जापानको भू-भागमा  भने नपुगेको उनको भनाई छ | दुई चरणको लाइभ-फायर आर्टीलरी अभ्यासको सुपरभाइज् गरिरहेको उत्तर कोरियाली नेता किम जोङ उनले  बताएका थिए |

किमले नयाँ वर्षदेखि आणविक हतियारलाई थप प्रबर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!