सुसाइड नोट लेखेर एक जोडी दम्पतीले गरे आत्महत्या !

Posted on: 02 Jun, 2017

जेठ १९, भक्तपुर | भक्तपुरमा एक जोडी दम्पतीले आत्महत्या गरेका छन् । ओखलढुंगा घर भई सूर्यविनायकको गाम्चामा बस्दै आएका लोकबहादुर तामाङ र उनकी २२ वर्षीया श्रीमती आशिका बस्नेतले आत्महत्या गरेका हुन् । 

तामाङले झुन्डिएर तथा बस्नेतले विषादी सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

तामाङले श्रीमतीको नाममा सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए । श्रीमतीले आफूमाथि अनावश्यक शंका गरेकाले आत्महत्या गरेको उल्लेख गरेका छन् । श्रीमान्को आत्महत्यापछि श्रीमतीले आत्महत्या गरेको हुन सक्ने महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी श्याम ओलीयाले बताए । गत वर्ष मात्र उनीहरूले साँखु मन्दिरमा विवाह गरेका थिए । मिस्त्री काम गर्ने उनीहरूबीच केही समययता विवाद हुँदै आएको थियो । - नयाँ पत्रिका 

यस बिषयमा तपाइको प्रतिक्रिया...!