दसैंको लागि ४० अर्ब नयाँ नोट

Posted on: 18 Sep, 2018

असोज २, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । 

सर्वसाधारणलार्य नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । 

मुदा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पाहोर सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी दिए । 

पोहोर दसैंमा राष्ट्र बैंकले ४० अर्ब नयाँ नोट बजारमा पठाएको थियो । 

उनका अनुसार अब २-३ दिनभित्र हुने छलफललले सटही सुरु हुने दिन र तौरतारिका टुंगो लगाउने छ । 

- आजको नागरिक दैनिकमा खबर छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!