आफ्नै ठूलो बुवालाई खुकुरी प्रहार गर्ने युवा पक्राउ

Posted on: 12 Nov, 2018

चिसाङ शेर्पा | कात्तिक २६, खोटाङ | आफ्नै ठूलो बुवालाई खुकुरी प्रहार गर्ने एकजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका २८ वर्षीय बिसन कट्वाल रहेका छन् ।

मानसिक सुन्तलन गुमाएका उनले सोमबार दिउँसोे आफ्नो ठूलोबुवा ६९ वर्षीय काली बहादुर कट्वाललाई खुकुरी हानेका थिए । खुकुरी प्रहारबाट कट्वालको हात, ढाड लगायत शरीरका अन्य भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले जानकारी दिए । घाइतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ ।

खुकुरी प्रहार गर्नेलाई आजै दिउसो तीनबजे पक्राउ गरिएको र उनलाई समेत चोट लागेकाले जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ । उपचारपछि घट्नाका वारेमा थप अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!