लिबियामा अलपत्र परेपछि उद्दार भएकाहरूले भने– 'अध्यागमनकै सेटिङमा उडेका थियौं'

Posted on: 16 Jul, 2019

असार ३१, काठमाडौँ | मानव तस्करको जालमा परी लिबियामा अलपत्र परेपछि ११ असारमा उद्धार भएर फर्केका आठैजना त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अध्यागमनमा एजेन्टले मिलाइदिएको ‘सेटिङ’ बाट उडेको तथ्य खुलेको छ । 

सबै दुबईको भिजिट भिसामा प्रस्थान अनुमतिको छाप लगाएर उडेका थिए । मानव बेचबिखनको गिरोहका कारण भिजिट भिसामा खाडीका देश जान सरकारले कडाइ गरेपनि उनीहरू एजेन्टले भनेअनुसार तोकिएकै अध्यागमन डेस्कमा लाइन लागेर सजिलै दुबई उडेका थिए । यसरी सेटिङमा दुबई उडेकामध्ये धेरैजसो यसअघि कहिल्यै विदेश नगएकाहरू छन् ।

चितवन माडीका सञ्जय अधिकारीले आफूलाई एजेन्टले एउटा काउन्टरमा भनेअनुसार गरेको बताए । ‘एजेन्टले तोकेको काउन्टरमा गएँ । मलाई केही पनि सोधेनन्,’ उनले भने, ‘पासपोर्टमा सजिलै छाप लगाइदिए, अनि म अगाडि बढेँ ।’

दुबई बस्ने सतिश घिमिरेलाई ५ लाख बुझाएपछि उनी काठमाडौंबाट भिजिट भिसामा दुबई र त्यहाँबाट लिबिया पुगेका थिए ।

घिमिरेले काठमाडौंमा रहेका एजेन्ट लोकमान राईलाई सम्पर्क गराइदिएको र विमानस्थल अध्यागमनको सबै सेटिङ राईले नै मिलाइदिएको अधिकारीले बताए । 

- यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!