मनोनयन व्याक गरेका राई र गुरुङ मदन जिताउँने दाउँमा

Posted on: 02 Nov, 2017

चिसाङ शेर्पा/कात्तिक १६, खोटाङ नयाँशक्ति नेपाल खोटाङका प्रदेशसभाका उम्मेद्वारद्धय मोहन गुरुङ र मणि राईले कृषि वैज्ञानिक मदन राईलाई प्रतिनिधिसभा सदस्यमा जिताउँन आफुहरुले मनोनयन व्याक गरेको बताएका छन् । 

प्रदेश नम्बर १ वाट उठेका मोहन गुरुङ र २ नम्बर प्रदेशसभामा उठेका उम्मेद्वार मणि राईले नयाँ शक्ति नेपाल खोटाङका प्रतिनिधिसभाका उम्मेद्वार राईलाई जिताउँन पार्टीको दवाव नभई विना संकोच उम्मेद्वारी फिर्ता लिएको बताएका छन् । 

खोटाङको ७९ वडामा अन्न र विचारका विउँ वाडेका कृषी वैज्ञानिक राईलाई जिताउँन नयाँ शक्ति पार्टी गृहकार्यमा मजबुत बनिरहंदा दुई नेताले मनोनयन फिर्ता गरेका हुन् । नयाँ शक्ति पार्टी खोटाङका अध्यक्ष सुर्य राईले भने, व्याक हुंदा जनसभा र प्रचारप्रसार तथा चुनावी सरगर्मी वढेको छ ।    


‘मैले वा मेरो पार्टी र जातीले जित्नुपर्छ भन्ने मान्यतावाट उठेर मनोनयन ब्याक गरेका हौ । एक नम्बर प्रदेशसभामा उठेका उम्मेद्वार गुरुङले भने, अहिले देशका ५० लाख विधार्थीहरु विदेशिएका छन् । देशमा भएका सिमित युवाशक्तिलाई देशमै उद्यमशिलतातर्फ उन्मुख गराउँनका लागि मनोनयन फिर्ता गराई मदन राई जिताऔंमा लागेका हौ ।’ 

‘समृद्धि र शु–शासनका पक्षधर नयाँ शक्ति नेपालका उम्मेद्वार तथा कृषि वैज्ञानिक राईलाई जिताउँन मनोनयनलाई तिलाञ्जली दिईएको २ नम्बर प्रदेससभमा उठेका नेता मणि राईले सुनाए । उनले भने, हामी सहयोगको सदासयता र वर्ग समन्वयको राजनीति गर्न चाहान्छौ ।  

गत कार्तिक ५ गते मनोनयन दर्ता गरेका प्रदेशसभाका उम्मेद्वारद्धयले ३ दिनपछि मनोनयन व्याक गरेका थिए । राई र गुरुङ आफ्नो भोट प्रतिनिधिसभाका उम्मेद्वार मदन राईलाई दिन आग्रह गर्दै जनसभा, जनसम्पर्कमा एक ढिक्का भई लागि परेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!