आईसीसी टी-२० विश्वकप खेल्ने १५ खेलाडी स्पष्ट भइसके: रोहित पौडेल

Posted on: 01 May, 2024

वैशाख १९,  काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी-२० विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका छन् ।

बुधबार वेस्ट इन्डिज ‘ए’ संगको तेस्रो खेलपछि पोष्ट म्याच कन्फेरेन्समा पौडेलले सबै खेलाडीहरुको खेल हेरिसकेको भन्दै विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका हुन् ।

विश्वकप खेल्ने १५ खेलाडीबारे स्पष्ट भइसकेको उनले बताए । कप्तान पौडेलले विश्वकप खेल्ने नेपाली टीम मजबुत रहेको पनि जिकिर गरे ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिज ‘ए’ सँगको जारी सिरिजमा नेपाली टीमलाई निकै अनुभव भएको बताए ।

उनले नेपाली टीमको तयारीप्रति पूर्ण रुपमा सन्तुष्ट रहेको भन्दै दबाबलाई सम्हान सक्ने अवस्थामा टीम रहेको जिकिर गरे ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!