धरानका मेयर तारा सुब्बाको काठमाडौँमा निधन

Posted on: 17 Jul, 2018

साउन १, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा निधन भएको छ ।

सुब्बा दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत थिए, उनको मंगलबार दिउँसो निधन भएको हो । छातीमा निमोनियाको इन्फेक्सन भएपछी उनलाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । 

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा सुब्बा तत्कालिन नेकपा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा २० हजार ९ सय ७५ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

०५४ को स्थानीय निर्वाचनमा धरानलाई प्रतिनिधित्व गर्ने जिविसका इलाका सदस्य भएका सुब्बा स्थानीय निकाय भंग भएपछि नगरपालिकाको राजनीतिक संयन्त्रमा उनले लगातार  तत्कालिन एमालेको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!