असोज १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधवार सिंगापुर जाँदै छन् | पत्नी सिता दाहालको उपचारका लागि बुधबार उनि सिंगापुर जान लागेका उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।
अध्यक्ष प्रचण्ड आज राती ९ बजे सिंगापुर जानेछन् ।
प्रचण्ड यस अघि असार ४ गते पत्नी दाहालको उपचारका लागि सिंगापुर गएका थिए । त्यतिबेला अध्यक्ष प्रचण्ड झण्डै १५ दिन सिंगापुर बसेका थिए ।
सुगर, प्रेसर, कलोजोको समस्याबाट पीडित सीतालाई सिंगापुरस्थित माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराइएको थियो ।
छोरा प्रकाशको असामयिक निधनपछि सीतामा स्वास्थ्य समस्याहरू बढेको पारिवारिक स्रोतको भनाइ छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!