राष्ट्रियसभामा नीति अनुसन्धान प्रतिष्ठान विधेयक पेश

Posted on: 23 Dec, 2019

पुस ७, काठमाडौं | राष्ट्रियसभाको आजको बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पेश भएको छ | प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक सभासमक्ष पेश गरेका हुन् |

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरे । ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५’ टेबुल गरिएको हो |

राष्ट्रियसभाको अर्को बैठक यही पुस १० गते बिहान ११ बजे बस्ने छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!