नेपालको दोस्रो हार, श्रीलङ्कासँग आठ विकेटले पराजित

Posted on: 28 Nov, 2016

मङ्सिर १३, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल श्रीलङ्कासँग आठ विकेटले पराजित भएको छ । 

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा आज भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले १६.२ ओभरमै सबै विकेट गुमाएर २३ रन मात्र बनाउन सक्यो । चौबिस रनको झिनो लक्ष्य पछ्याएको श्रीलङ्काले ४.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेट्टायो । 

नेपालका लागि ज्योति पाण्डेले १६ रन बनाउनबाहेक अन्य वाट्सओम्यानले बिर्सन लायक प्रदर्शन गरे । सीता राना मगरले चार तथा कप्तान रुविना क्षेत्रीले एक रन बनाए भने अन्य सबै व्याट्सओम्यान शून्य रनमा पेवेलियन फर्किए । नेपालका लागि कप्तान रुविना र करुणा भण्डारीले समान एक विकेट लिए । 

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । नेपालले अर्को खेल मङ्गलबार बङ्गलादेशसँग खेल्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!